टेलिभिजनमा ‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’ « Khabarhub

टेलिभिजनमा ‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी मंगलबारदेखि दर्शकमाझ नयाँ हास्य श्रृंखला ‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’ को प्रसारण हुने भएको छ ।

यो श्रृंखला योहो टेलिभिजन एचडीमा प्रत्येक मंगलबार राति ८:३० बजेदेखि प्रसारण हुन लागेको हो ।

काठमाडौँमै छायांकन भइरहेको यो श्रृंखला यूट्युबबाट पनि प्रसारण हुनेछ । समसामयिक तथा पारिवारिक विषयवस्तुमा आधारित उक्त श्रृंखलालाई एसकेएस फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो ।

गीता नेपाल (दाउरी) को लेखन रहेको यो श्रृंखलामा ज्ञानकुमार कट्टेलको निर्देशन छ । श्रृंखलामा हास्य अभिनेता गोपाल ढकाल ‘छन्दे’ दुई श्रीमतीको श्रीमानको को भूमिकामा देखिँदैछन् । श्रृंखलामा गोपालसहित शुभेच्क्षा थापा, विद्या कार्की, विशाल पहाडी, शुशिला निरौला (बिम्ली), गीता नेपाल (दाउरी), पुरुषोत्तम खड्का, चिन्तामणि पोखरेल, आयुष दाहाल, आयुष कार्की, कृष्ण खड्का, रामकृष्ण नेपाल, विजया बडाल आदि कलाकारको अभिनय रहनेछ ।

काठमाडौंको काभ्रेस्थली (भेडीगोठ) क्षेत्रमा छायांकन गरिएको यो श्रृंखलाका छायांकार राजु श्रेष्ठ हुन् । श्रृंखलामा मनोज ढकालको श्रृंगार तथा मनोज श्रेष्ठको प्रकाश व्यवस्थापन छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ११ : २७ बजे

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक