पहिलो पटक महिला लिगमा अफ्रिकन खेलाडी « Khabarhub

पहिलो पटक महिला लिगमा अफ्रिकन खेलाडी


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला लिगका लासिग वालिङ नगरपालिकाले क्यामरुनका चार खेलाडी टोलीमा अनुबन्ध गरेको छ । चारै खेलाडी बिहीबार बेलुकी काठमाडौँ आइपुगेका छन् ।

नेपालका सुगन कुमार तन्डुलकारले उनीहरुलाई नेपाल ल्याएका हुन् । क्यामरुनको यु–२० खेलिसकेका खेलाडीहरु नेपाल आएको तन्डुलकार बताउँछन् । जसमा मेथो एलेदिइ रुथ, केओमेग्ने डिजोमो भेनेस्सा नाइले, डिजोउब्बी सेलिने डायने, टोउटा ओर्मेला एभान्के आएका छन् ।

नेपाली लिग खेल्न पहिलो पटक अफ्रिकन मुलुकका महिला खेलाडी काठमाडौँ आएका हुन् । यसअघि शहीद स्मारक ए डिभिजन लिगका लागि विभिन्न अफ्रिकन मुलुकबाट पुरुष खेलाडीमात्रै आउने गर्थे । तर, जारी महिला लिगमा एक टोलीले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुरुप उनीहरुलाई वालिङले अनुबन्ध गरेको हो ।

बिहीबारै वालिङले लिगमा आफ्नो पहिलो खेल विराटनगर महानगरपालिकासँग १–१ गोल बराबरी खेलेको छ । वालिङले आफ्नो दोस्रो खेल त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । जसमा विदेशी खेलाडी पनि हुनेछन् ।

खेलाडीको कोरोना परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आइसकेको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १२ : २२ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार