पहिलो पटक महिला लिगमा अफ्रिकन खेलाडी « Khabarhub

पहिलो पटक महिला लिगमा अफ्रिकन खेलाडी


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला लिगका लासिग वालिङ नगरपालिकाले क्यामरुनका चार खेलाडी टोलीमा अनुबन्ध गरेको छ । चारै खेलाडी बिहीबार बेलुकी काठमाडौँ आइपुगेका छन् ।

नेपालका सुगन कुमार तन्डुलकारले उनीहरुलाई नेपाल ल्याएका हुन् । क्यामरुनको यु–२० खेलिसकेका खेलाडीहरु नेपाल आएको तन्डुलकार बताउँछन् । जसमा मेथो एलेदिइ रुथ, केओमेग्ने डिजोमो भेनेस्सा नाइले, डिजोउब्बी सेलिने डायने, टोउटा ओर्मेला एभान्के आएका छन् ।

नेपाली लिग खेल्न पहिलो पटक अफ्रिकन मुलुकका महिला खेलाडी काठमाडौँ आएका हुन् । यसअघि शहीद स्मारक ए डिभिजन लिगका लागि विभिन्न अफ्रिकन मुलुकबाट पुरुष खेलाडीमात्रै आउने गर्थे । तर, जारी महिला लिगमा एक टोलीले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुरुप उनीहरुलाई वालिङले अनुबन्ध गरेको हो ।

बिहीबारै वालिङले लिगमा आफ्नो पहिलो खेल विराटनगर महानगरपालिकासँग १–१ गोल बराबरी खेलेको छ । वालिङले आफ्नो दोस्रो खेल त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । जसमा विदेशी खेलाडी पनि हुनेछन् ।

खेलाडीको कोरोना परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आइसकेको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १२ : २२ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति