सोनुको नाममा एम्बुलेन्स सेवा « Khabarhub

सोनुको नाममा एम्बुलेन्स सेवा


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हैदराबाद(एजेन्सी)– हैदराबादमा बलिउड अभिनेता सोनु सुदको नाममा एक निःशुल्क सेवा सुरू भएको छ । यहाँका बिरामीका लागि एम्बुलेन्स सेवा सुरू भएको हो ।

यो सेवाको शुभारम्भ गर्न सोनु आफैं पुगेका थिए । यो समाचारलाई सोनु आफैँले सामाजिक सन्जालमा शेयर गरेका थिए । उनले आफू कुनै पनि राजनीतिक पार्टीमा नजोडिएको प्रमाण पेश गर्नका लागि सामाजिक काममा सक्रियता देखाएको उल्लेख गरेका छन् ।

उनले लकडाउनदेखि हालसम्म आफूले जति समाजसेवा गरे पनि त्यसको पछाडि कुनै राजनीतिक कारण नरहेको बताएका छन् । ‘यदि म राजनीतिमा जोडिएँ भने मानिसहरुले मलाई सय प्रश्न सोध्छन् । त्यहीकारण मेरो निर्णय यो थियो कि म मानिससँग जोडिन र उनीहरुको मद्दत गर्न चाहन्थें । यो सबै कुनै जाति या धर्मलाई लिएर थिएन, म समाजको हरेक वर्गसँग पुग्न चाहन्छु’, उनले भनेका छन् ।

उनले आफूले २० वर्षमा सय बढी फिल्ममा काम गरे पनि जसले आफूलाई चाहेको हो, त्यसमाझ पुग्न नसकेको खुलाए ।
‘मलाई लाग्छ कि म यो रियल लाइफ हिरोइज्मलाई सुखद रुपमा मनाइरहेको छु । यो एक फिल्म होइन, तर भगवान यसका निर्देशक अवश्य नै हुन्’, उनले भनेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ५ : ४५ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध