२४ घण्टामा ३०२ कोरोना संक्रमित थपिए, ७ को मृत्यु | Khabarhub Khabarhub

२४ घण्टामा ३०२ कोरोना संक्रमित थपिए, ७ को मृत्यु


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६३ हजार ३४८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९८६ पुगेको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : ३८ बजे

सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि

चन्द्रागिरी केबलकार पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई

उत्तर कोरियाको चेतावनी : थप ‘आक्रामक कारबाही’ गर्ने घोषणा

सियोल– पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान

काठमाडौं– नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय

कुर्सी र सत्ताको सिँढी नबनोस् जेन–जी आन्दोलन  

नेपाल अहिले राजनीतिक रूपमा संवेदनशील मोडमा छ । विगत केही