राष्ट्रिय महिला लिग फुटबल : पुलिसको शानदार जित « Khabarhub

राष्ट्रिय महिला लिग फुटबल : पुलिसको शानदार जित


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेसको मैदानमा भएको खेलमा नेपाल पुलिसले मोफसलको टोली चौदण्डीगढी नगरपालिका उदयपुरलाई ६–० को फराकिलो अन्तरले हाराएको हो।

एकतर्फीजस्तो देखिएको खेलमा पुलिसका लागि रेखा पौडेल र सिर्जना खड्काले समान २/२ गोल गर्दा अमृता जैसी र निर्मला विकले एक/एक गोल गरेका थिए ।

तुलनात्मक हिसाबमा कमजोर देखिएको उदयपुरविरुद्ध पुलिसले रेखाको गोलबाट सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा अमृताले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेकी थिइन्। पहिलो हाफको अन्तिम मिनेटमा सिर्जना प्रहार गरेको बलल उदरपुरकी गोलकिपरको हातमा लागे गोलमा परिणत भएको थियो। इन्जुरी समयमा निर्मलाले गोल थप्दै पहिलो हाफमा पुलिसलाई ४–० ले अग्रता लिएको थियो ।

पुलिसले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा रेखाले व्यक्तिगत दोस्रो गोल थप्दा इन्जुरी समयमा सिर्जनाले पनि व्यक्तिगत दोस्रो गोल गरेकी थिइन ।

जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ। पुलिस तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको थियो।

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ६ : ३५ बजे

महिलामन्त्रीको जवाफ- निःशुल्क ब्लु बस लैंगिक असमानता बढाउने नीति होइन 

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका- बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष

निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि

सुनकोशीमा हाम फालेर दम्पती बेपत्ता : पत्नीलाई पिठ्युँमा बोकेर हिँडेका थिए वृद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी