राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गर्‍यो कलाकारहरुलाई सम्मान « Khabarhub

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गर्‍यो कलाकारहरुलाई सम्मान


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभाका अवसरमा लोक दोहरी क्षेत्रमा योगदान पुर्‍याउने विभन्न श्रष्टाहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रमको उदघाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन बनाउनका लागि जग्गा खरिद र भवन निर्माणका लागि आर्थिक सहयोग गर्दै आइरहेको जानकारी दिए ।

उनले आगामी दिनमा प्रतिष्ठानलाई सहयोग गर्न नगरपालिका तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे । उनले भवनको लागि जग्गा खरिद र भवन निर्माणमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीको पहल गरेको बताए ।

उनले तत्कालीन स्वर्गीय रविन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा रकम उपलब्ध गराएकाले भवन निर्माणको कार्यले पूर्णता पाएको बताए ।

वडा नं. ७ का अध्यक्ष नरोत्तम रानाले प्रतिष्ठानको भवनको माथिल्लो तल्ला निर्माणका लागि दश लाख सहयोग गरिसकेको भन्दै आगामी दिनमा पनि सोही भवन सँगै जोडिएको जग्गा खरिदको प्रक्रिया अघि बढेकाले पाँच लाख सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने , “कलाकारहरुको आगमनले यस वडा संगीतमय भएको छ, आवश्यक सहयोगका लागि ७ नम्बर वडा पछि हट्दैन ।”

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार नारायाण रायमाझी, राजन लम्साल, संरक्षक पृथ्वी थकाली, संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, निवर्तमान अध्यक्ष बद्री पंगेनीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष गुरुङले सुरुमा थोरै संख्याका कलाकारहरुबाट संस्था स्थापना भएको स्मरण गर्दै अहिले यो स्थान सम्म आइपुग्दा धेरै सफलता हासिल गरिएको बताए ।

कार्यक्रममा प्रतिष्ठानमा योगदान दिएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ ।

स्वर्गीय कलाकार लोकबहादुर क्षेत्रीको सम्झनामा नगद राशी सहित स्मृति पुरस्कार कलाकार रामप्रसाद घिमिरे र सारंगी वादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिएको गरिएको छ भने पत्रकारीता पुरस्कार सिताराम बडाल, संरक्षक तथा अविभावक पुरस्कार पृथ्वी थकालीलाई प्रदान गरिएको छ ।

कार्यक्रममा नयाँ मानार्थ सदस्यलाई पनि सम्मान सहित प्रमाणपत्र वितरण तथा आजीवन सदस्यहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको मिडिया संयोजक अमृत अधिकारीले जानकारी दिए ।

त्यस्तै, प्रतिष्ठानले संस्थाको मातहातमा रहेर काम गर्ने सदस्यहरुलाई पनि सम्मान गरेको छ । उत्कृष्ट पुरस्कार प्राप्त गर्नेहरुमा गायिका देवी घर्ती मगर र मोडल पिएन सापकोटा रहेका छन् । उत्कृष्ट काम गर्ने धादिङका अध्यक्ष कमला गैरे थापा सम्मानित भएकी छिन् । त्यस्तै, जिल्लाबाट उत्कृष्ट सम्मान रुपन्देहीले पाएको छ भने त्यहाँका अध्यक्ष दिपक कार्की हुन् ।

यसैगरी प्रदेशमा गण्डकी प्रदेशले उत्कृष्ट सम्मान पाएको छ । काठमाडौं उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साललाई सम्मान गरियो भने त्यस अन्तरगतका ९ वटा समिति मध्य सुनधारा समितिले पनि उत्कृष्ट सम्मान प्राप्त गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ११ : ०२ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा