आदिवासी जनजातिको भावना संविधानमा व्यवस्थित : अध्यक्ष प्रचण्ड « Khabarhub

आदिवासी जनजातिको भावना संविधानमा व्यवस्थित : अध्यक्ष प्रचण्ड


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमार्फत आदिवासी जनजाति समुदायको भावनालाई व्यवस्थित पारिएको बताएका छन् । ‘आदिवासी जनजातिको मुद्दा, अधिकार र चासोका विषयमा उच्चस्तरीय संवाद’ अन्तर्क्रिया उनले आदिवासी जनजाति, मधेशी, दलित, महिलालगायत सिमान्तकृत समुदायका सकारात्मक अभिव्यक्तिलाई संविधानमा लिपिबद्ध गरिएको बताए ।

आदिवासी जनजातिलगायत समुदायको आत्मसम्मानलाई समान ढङ्गबाट अगाडि लैजानुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री दाहालले संविधानले पहिचान, आत्मसम्मानलाई प्रष्टसँग व्यवस्था गरे पनि स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र घोषणा गर्न ढिलाइ गरिनु आश्चर्यजनक भएको बताए ।
राजधानी र जिल्ला सदरमुकामा मात्र हुने संघ केन्द्रित विकास तोड्ने उद्देश्यले जनताको घर आँगनमै अधिकार जाओस् भनेर सङ्घीय अभ्यास गरिएको उनले बता प्राकृतिक स्रोत साधनको बाँडफाँट सङ्घीय संरचनाअनुसार हुनुपर्ने बताए ।

अध्यक्ष दाहालले भने, “निर्वाचनमा उपेक्षित तथा विभेदमा पारिएको समुदाय र सबै पक्षको धेरैभन्दा धेरै प्रतिनिधित्व होस् भनेर जोड दिइएको छ । संविधानमा भएको व्यवस्थाको कार्यान्वन गर्न सरकार, राजनीतिक नेतृत्व र जनतासँग संवाद गरी सकारात्मक वातावरण सिर्जना गर्न मेरो सहमति छ ।”

जनताको सङ्घर्षको बलमा गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक व्यवस्था प्राप्त भएको उल्लेख गर्दै उनले जनभावनाको सम्मान गर्दै जनताले चाहेअनुसार कार्यान्वयन गर्नुको कुनै विकल्प नभएको बताए । जनजातिका अधिकार, आत्मसम्मान, पहिचान र संस्कृतिलाई समायोजन गर्दै विकासको बाटोमा लैजाने आफ्नो चाहना रहेको अध्यक्ष दाहालले बताए ।

उनले भने, “अझै पनि आदिवासी जनजातिलाई विकास, निर्माण, संस्कृति, भाषा र मानवअधिकारको क्षेत्रमा अवसर पुगेको छैन्, सङ्घीयताको मर्म अनुसारको कर्म भएको छैन, जनताको सङ्घर्षबाट प्राप्त भएको संविधानमा लिपिबद्ध गरिएको उपलब्धिलाई उल्ट्याउने प्रयत्न भइरहेको छ ।”

आदिवासी जनजातिको मुद्दा र विकासको ढाँचाको सवालमा अन्तर्राष्ट्रिय सन्धि सम्झौता तथा सहमतिलाई लिएर ठूलो बहस गर्नुपर्ने खाँचो रहेकाे अध्यक्ष दाहालले औँल्याए ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ८ : ४३ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको