प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो ।

लुम्बिनीले ६३ रनको विजय लक्ष्य १४ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक चार विकेट लिए । यस्तै अनिल खरेल र विक्रम भुसालले दुई–दुई तथा सन्दीप सुनार र दीपेन्द्र रावतले एक–एक विकेट लिएका थिए ।

विजयी लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गर्दै लुम्बिनीका लागि सौरभ खनालले अविजित १८, प्रकाश केसीले १७ तथा कृष्ण कार्कीले १५ रनको योगदान दिए । बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले दुई तथा विनोद लामाले एक विकेट लिएका थिए ।

समूह ‘बी’ मा रहेको लुम्बिनी तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीले पहिलो खेलमा प्रदेश नं २ लाई ७७ रनले हराएको थियो भने दोस्रो खेलमा लुम्बिनी पुलिस क्लबसँग ७४ रनले पराजित भएको थियो ।

यस्तै सुदूरपश्चिम हालसम्म खेलेका तीन खेलमै पराजित भई अङ्कविहीन अवस्थामा छ । सुदूरपश्चिम पहिलो खेलमा वाग्मती प्रदेशसँग १८० रनले तथा दोस्रो खेलमा पुलिस क्लबसँग नौ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम प्रतियोगिताबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ५ : ०५ बजे

विश्वकपमा नेदरल्यान्ड्सको सानदार जित: स्वीडेन ५–१ ले पराजित

ह्युस्टन – कोडी गाक्पो र ब्रायन ब्रोबीले दुई-दुई गोल गरेपछि

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको

जर्मनी विश्वकपको नकआउट चरणमा : तनावपूर्ण खेलको नायक बने डेनिज उन्दाभ

टोरन्टो – वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका डेनिज उन्दाभले इन्जुरी

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार ७ गते आइतबार सन् २०२६

आज २०८३ साल असार ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ७ गते आइतबार सन् २०२६