कर्णालीमा कोरोनाविरुद्ध ११ हजार खोप आउँदै « Khabarhub

कर्णालीमा कोरोनाविरुद्ध ११ हजार खोप आउँदै


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेशका १० जिल्लाका लागि  ११ हजार ७८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ ।

पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा.रविन खड्काले जानकारी दिए ।

‘चिकित्सक तथा स्वास्थ्यकर्मीपश्चात दोस्रो चरणमा  सुरक्षाकर्मी र सञ्चारकर्मीलगायतका लागि खोप मगाउँछौँ’, उनले भने, ‘यस प्रदेशका निम्ति कति परिमाणमा खोप आवश्यकता हो भन्ने नभई ढिलो चाँडो  खोप सबैले लगाउनुपर्छ ।’

उनका अनुसार  स्वास्थ्य तथा सङ्ख्या मन्त्रालयले यस प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा.अनुज भट्टचन खोप अभियानको संयोजक तोकिसकेको छ ।

उनले खोप लिएर आउने र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयसँग सहकार्य गर्दै खोप अभियानबारे केन्द्रसँग समन्वय गर्ने जनाइएको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले  प्रदेशमा खोप लगाउन पूर्वतयारीको काम थालिएको र छिट्टै स्वास्थ्य मन्त्रालयको मापदण्डबमोजिम यसलाई अघि बढाइने बताए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १२ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै