बन्द हुँदै ‘द कपिल शर्मा शो’ « Khabarhub

बन्द हुँदै ‘द कपिल शर्मा शो’


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड कमेडियन कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ले दर्शकलाई भरपुर मनोरञ्जन दिने गरेको छ ।

यो शोमा अतिथीका रुपमा आउन बलिउड तथा साना पर्दाका जोकोही कलाकार लालयित हुन्छन् र आएर आफ्नो फिल्मको प्रमोसन गर्छन् । कोभिड–१९ को महामारीका कारण केही समय बन्द भएको यो शो पुनः सुचारु भइरहेको छ । तर अब भने शोको यो सिजन सकिने तयारीमा छ ।

समाचार अनुसार अब शोको यो सिजन चाँडै नै ‘अफ एयर’ हुँदैछ । शो समूहले यो विषयमा चाँडै नै आधिकारिक घोषणा गर्दैछन् । यो सिजन सकिएपछि कपिलको टिम नयाँ सिजनको तयारीमा जुट्नेछन् । दर्शकमाझ लोकप्रिय र टेलिभिजनमा बढी माग गरिएको यो शोको नयाँ सिजन हेर्नका लागि केही समय पर्खिनुपर्नेछ ।

शोमा कपिलका अलावा भारती सिंह, कीकू शारदा, कृष्णा अभिषेक र अर्चना पूरण सिंहको प्रमुख उपस्थिति छ । लकडाउनपछि यो शो दर्शकबिना नै सञ्चालन भइरहेको छ । तर पनि शोको लोकप्रियतामा कमी आएको छैन । यसका निर्माताहरु अहिलेको शोलाई बन्द गरेर नयाँ शो ल्याउन चाहिरहेका छन् ।

त्यसो त केही समय अघि मात्र कपिलले आफू नेटफ्लिक्सको माध्यमबाट आफ्नो डिजिटल ‘डेब्यू’ गर्न चाहेको बताएका थिए । उनले इन्स्टाग्राममा एक भिडियो शेयर गरेका छन् । ‘यो एक खुशीको खबर छ । हल्लामा विश्वास नगर्नुहोला । ममाथि विश्वास गर्नुहोस् । म चाँडै नै नेटफ्लिक्समा देखिदैछु’, उनले भनेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ११ : १० बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,