नेपाल एयरलाइन्सका उडानकर्मीले गरे पदमार्ग सफाइ « Khabarhub

नेपाल एयरलाइन्सका उडानकर्मीले गरे पदमार्ग सफाइ


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हवाइजहाजको आकाश यात्रामा सधैँ व्यस्त रहने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाइलट पदमार्ग सफाइमा जुटेका छन् । कोभिड–१९ महामारीको सङ्क्रमण तीव्र रहेका बेला उद्धार उडानमा व्यस्त बनेका निगमका पाइलट, क्याबिन क्रू, इञ्जिनीयर, फ्लाइट डिपाचरलगायतका उड्डयनकर्मी फरक भूमिकासहित सफाइमा उत्रिएका हुन् ।

उड्डयनकर्मीले शनिबार थानकोटदेखि भालेश्वर मन्दिर जोड्ने पुरानो चन्द्रागिरि पदमार्ग सफाइ गरेका छन् । निगमको अपरेशन विभाग प्रमुख क्याप्टेन दीपुजुहार्चनसहितका उडानकर्मीले पदमार्ग सफाइ गरेको निगमले जनाएको छ ।

राष्ट्रिय ध्वजाबाहक भएको नाताले निगमले अरु विभिन्न कार्यमार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई निरन्तरता दिइने क्याप्टेन जुहार्चनले बताए । अहिले निगमको अन्तरराष्ट्रिय गन्तब्यमा उडानको चाप पनि कम छ । फुर्सदिलो समयको सदुपयोग गर्दै निगमका उडानकर्मीले सामाजिक उत्तरदायित्व बहन गरेका हुन् ।

उनीहरुले मेडिकल मास्क र पञ्जा लगाएर थानकोटको फेदीबाट चन्द्रागिरि डाँडासम्म करीब पाँच घण्टा सफाइ कार्यमा जुटेका थिए । सफाइका क्रममा झण्डै दुई क्विन्टल हाराहारी फोहर पदमार्गबाट उठाइएको सफाइ अभियानका संयोजकसमेत रहेका क्याप्टेन जुहार्चनले जानकारी दिए ।

प्लास्टिक, चकलेटका खोस्टा, फास्टफुड खानेकुराका प्लास्टिक, पानीका बोतल, मदिराका बोतललगायत बेवारिसे अवस्थामा फालिएका फोहर व्यवस्थापन गरिएको थियो ।

डाँडामा बोकेर पुर्‍याइएको फोहर निगमले चन्द्रागिरि हिल्स प्रालीलाई हस्तान्तरण गरेको थियो । उक्त फोहरलाई व्यवस्थापन गर्न केबलकारबाट पुनःथानकोटमा रहेको बेसस्टेसनमा झारिएको थियो । चन्द्रागिरि हिल्सले पनि सफाइ अभियानलाई सहयोग गरेको थियो ।

सामाजिक उत्तरदायित्वको जिम्मेवारी बहन गर्ने क्रममा निगमले यही माघ १० गते आफ्नो वाइडबडी ए ३३० जहाजमार्फत मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको थियो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको हो ।

मलेशियास्थित नेपाली दूतावाससँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । बाँकी शव ल्याउन आवश्यक तयारी भइरहेको निगमले उल्लेख गरेको छ । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ३ : ५९ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग