‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’ « Khabarhub

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका मृतकलाई जलवायु अन्यायका पीडित भनेका छन् । उनले बाढीमा परेर ज्यान गुमाएकाहरूले जलवायु परिवर्तनबाट परेको असरका कारण अन्यायपूर्ण बलिदानी गरेको बताए ।

सभापति लामिछानेले संसद् बैठकमा भने, ‘भदौ १० मा ज्यान गुमाएका नागरिकलाई हामी प्राकृतिक विपत्तिका मृतक मात्रै मान्न तयार छैनौं, त्यसरी तयार हुनुहुँदैन । ती त जलवायु परिवर्तनबाट आएको जटिलताबाट सिर्जित अन्यायका पीडित हुन् ।’

उनले जलवायु परिवर्तन नतिजामा हिस्सा नराख्ने नेपालका निर्दोष नागरिकहरूले बाढीमा ज्यान गुमाएको दाबी गरे ।

‘आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको असरको सबैभन्दा ठूलो मूल्य चुकाउन बाध्य भएका ती निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो कुनै विशेष दर्जा दिनेछ’, उनले भने, ‘यो विपत्तिका कारक उनीहरू थिएनन् । पृथ्वीको तापक्रम उनीहरूले बढाएका थिएनन् । हिमाल पगाल्ने कार्बन उनीहरूले उत्सर्जन गरेका थिएनन् । अहिलको जलवायु संकट उनीहरूको सिर्जना थिएन ।’

उनले यो जलावायु परिवर्तनको मुख्य जिम्मेवारका मुलुकबारे भने चर्चा गरेनन् । रसुवाको भोटेकोशीमा आएको बाढीमा विदेशी पर्यटकको ज्यान गुमेको विषयमा पनि उनी मुखर भए । विदेशी नागरिकहरूको ज्यान गएको विषयमा रास्वपाले सम्बोधन गरेको यो नै पहिलो पटक हो ।

उनले भने, ‘जलवायु संकटको सबैभन्दा ठूलो मूल्य भने तिनै धर्तीपुत्रहरू र यो भूगोलसँग कुनै चिनजान नभएका पर्यटकले आफ्नो जीवन दिएर चुकाए ।’

उनले यी ‘अन्याय पूर्ण ज्यान गुमाउनेहरू’ लाई न्यायको औजार बनाएर नेपालले जलवायु न्यायको प्रक्रिया थाल्ने अवगत गराए । ‘जलवायु संकटको असमान भारका कारण समाप्त भएका र फेरि पनि समाप्त हुन सक्ने जीवनहरूमाथि हामीले केबल शोक मनाएर अब पुग्दैन’, उनले भने, ‘हजारौँ मान्छेको अन्यायपूर्ण बलिदानलाई श्रद्धाञ्जलीमा सीमित गरिरहन सकिँदैन । हामीले संकल्प गर्नै पर्छ । यो साहदतलाई न्यायको औजार बनाएर हामीले जलवायु न्यायको ढोका ढकढक्याउने छौं ।

प्रधानमन्त्री वालेन्द्र शाह जलवायुको परिवर्तनको विषय समेट्न आगामी संयुक्त राष्ट्र संघको सभामा जाने चर्चा चलिरहेको छ । यो अवस्थामा सत्तारुढ पार्टीका सभापतिले त्यही विषयमा संसद्मा दिएको अभिव्यक्तिलाई विशेष अर्थका साथ हेरिएको छ । सम्बोधनका क्रममा रविले वालेन्द्र चाँडै राष्ट्रसंघको महासभामा गएर यो विषय उठाउने पनि जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ३ : ०६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु