सेनाको टोलीद्वारा २५ नाल भरुवा बन्दुक बरामद « Khabarhub

सेनाको टोलीद्वारा २५ नाल भरुवा बन्दुक बरामद


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेना र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालयको टोलीले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट २५ नाल भरुवा बन्दुक बरामद गरेको छ ।

यही माघ ७ गतेदेखि ११ गतेसम्म स्थानीय जनप्रतिनिधिसमेतको सहयोगमा उक्त परिमाणमा हतियार बरामद भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

माघ ७ गते जगदुल्ला गाउँपालिकाबाट स्थानीय जनप्रतिनिधिको रोहवरमा १६ नाल भरुवा बन्दुक बुझेको, १० र ११ गते सोही गाउँपालिकाको सिम्लौना भन्ने स्थानमा रहेको गोठमा सर्च गर्दा २ नाल भरुवा बन्दुक फेला परेको निर्देशनालयले जनाएको छ ।

यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष, मध्यवर्ती अध्यक्ष तथा स्थानीयको रोहवरमा पुनः थप ७ नाल भरुवा बन्दुक सेनाको टोलीले बुझेको जनाइएको छ ।

माघ १० र ११ गते बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत दाङ जिल्लाको बबई गाउँपालिका–१ को खयरखुट्टीस्थित एक जनाको घरबाट समेत एक नाल भरुवा बन्दुक बरामद गरी बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १० : ०५ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष