प्रदेश-१ का ३५ हजार स्वास्थ्यकर्मीले कोरोनाविरूद्धको खोप लगाउने | Khabarhub Khabarhub

प्रदेश-१ का ३५ हजार स्वास्थ्यकर्मीले कोरोनाविरूद्धको खोप लगाउने


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ ।

प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा प्रदेशमा पठाइएको नौ हजार ६०० भायल मात्रा खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले बताए ।

प्रदेश स्वास्थ्य  आपूर्ति व्यवस्थापन केन्द्रमा प्रदेशका १४ जिल्लासहित प्रदेश नं २ को सिरहा र सप्तरी जिल्लाका लागि पठाइएको खोप प्राप्त भएको उनले जानकारी दिए ।

प्रदेशका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा ताप्लेजुङका १४ हजार तीन, धनकुटाका ८३१, उदयपुरका एक हजार २३७, भोजपुरका एक हजार १७६, मोरङका १२ हजार ५६, इलामका एक हजार ६९०, ओखलढुङ्गाका एक हजार ३६६, खोटाङका एक हजार ६००, झापाका चार हजार ९७७, तेह्रथुमका ७२३, सङ्खुवासभाका ९४९, सोलुका ६८६, सुनसरीका पाँच हजार २३३ र पाँचथरमा ९२४ लाई खोप लगाइने भएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ११ : ५५ बजे

पशुपतिनाथ क्षेत्रमा शतवीज छर्नेहरूको घुइँचो (तस्बिरहरू)

काठमाडौं– आज मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी । मृत्युवरण

केलोग दूत चयन भएपछि तयार हुँदैछ रुस-युक्रेन युद्धविरामको खाका

न्युयोर्क – २० जनवरीमा अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प पदासीन

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत्

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कदै

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन्

बागलुङको बरेङमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य

बागलुङ– बागलुङको बरेङ गाउँपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य भएको