संसद विघटनको विरोधमा कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ३० गते देशव्यापी प्रदर्शन (भिडियोसहित) « Khabarhub

संसद विघटनको विरोधमा कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ३० गते देशव्यापी प्रदर्शन (भिडियोसहित)


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माले मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थप आन्दोलनको निर्णय लिइएको जानकारी दिए  मंगलबार नै बसेको पदाधिकारी बैठकले तयार प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको उनले बताए ।

हेरौँ भिडियो

यसैबीच बैठकले महाधिवेशन हुन नसकेर म्याद सकिएका पार्टीका भातृ संगठनको म्याद ६ महिना थप्ने निर्णय गरेको छ ।

नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, तरुण दल लगायतका म्याद सकिएका संगठनलाई ६ महिना निरन्तरताका लागि निर्णय गरेको पार्टी प्रवक्ता शर्माले जानकारी दिए।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : १५ बजे

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय