कमाईसँगै खर्चमा खप्पिस प्रभाष « Khabarhub

कमाईसँगै खर्चमा खप्पिस प्रभाष


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता प्रभाष पर्दामा मात्र ‘बाहुबली’ छैनन्, वास्तविक जीवनमा पनि उनको कार्यशैली बाहुबलीकै जस्तो छ । यी अभिनेता ‘लार्जर देन लाइफ’ जिन्दगी बिताउछन् । उनी वर्षमा जति कमाई गर्छन्, त्यसकै अनुपातमा उनको खर्च पनि उत्तिकै छ ।

प्रभाषले सन् २०१९ मा कुल ३५ करोड कमाएका थिए । उनको कमाईको यो आँकडा फोब्र्स पत्रिकाद्वारा जारी गरिएको हो । पत्रिकाका अनुसार सन् २०१९ मा सर्वाधिक कमाएका सय सेलिब्रेटीको सूचीमा प्रभाष ४४ औं नम्बरमा थिए । यही वर्षमा प्रभाष अभिनित फिल्म ‘साहो’ रिलिज भएको थियो । फिल्मको ओपनिङ बम्पर थियो । पहिलो दिन नै फिल्मले १ सय ३० करोडको कमाई गरेको थियो । यही फिल्मपछि फोर्ब्सले सूची जारी गरेको हो ।

प्रभाष तेलुगू फिल्म उद्योगको महंगा अभिनेतामध्ये एक हुन् । उनी कमाईसँगै खर्च पनि राम्रै गर्छन् । हैदराबादमा उनको करिब ६० करोड मूल्य बराबरको फार्म हाउस छ । यो फार्म हाउस जुबली हिल्समा छ । जहाँ बगैचा, खेल मैदान, जिम र स्वीमिङ पुलसहित बिलासी सुविधा उपलब्ध छन् ।

फिल्म ‘बाहुबली’ गर्नका लागि प्रभाषलाई २० किलो भन्दा बढी तौल बढाउनुपर्ने थियो । यो उनका लागि सजिलो थिएन । त्यसका लागि उनलाई घरमा नै जिम सुविधा आवश्यक पर्दथ्यो । त्यहीकारण उनले करिब डेढ करोड खर्च गरेर घरमै जिमको सेटअप गराए ।

फिल्म ‘बाहुबली’ अघि प्रभाषको तौल ८२ किलो थियो र केही महिनामा त्यो तौल बढाएर उनले १ सय २ पु¥याए । त्यसका लागि उनले घरमै डाइटसँगै जिम सुविधा पनि लिए ।

कामको कुरा गर्दा यो वर्ष प्रभाषको फिल्म ‘राधे श्याम’ रिलिज हुँदैछ । यसमा प्रभाषसँगै पूजा हेगडे देखिदैछिन् । यो फिल्मबाहेक बलिउड अभिनेत्री दीपिका पादुकोणका साथ प्रभाषको फिल्म ‘महाभारत’ आउदैछ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ६ : ३८ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग