महिला लिग : 'रेस्ट टाइम' कम हुँदा इन्जुरीको समस्या | Khabarhub Khabarhub

महिला लिग : ‘रेस्ट टाइम’ कम हुँदा इन्जुरीको समस्या

आर्मीले सावित्रालाई ‘मार्क’ गर्दा सरु र अन्जली गोल गर्न सफल



काठमाडौँ– घरेलु महिला फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब बलियो क्लब हो ।

राष्ट्रिय महिला लिगको तेस्रो चरणका खेल सकिँदा एपीएफ शीर्ष स्थानमा छ । यसपटक महिला लिगमा विभागीय भन्दा बाहिरका टोलीले विदेशी खेलाडी भित्र्याएका छन् ।

जसमध्ये वालिङ नगरपालिकाले अफ्रिकन मुलुक क्यामरुनबाट खेलाडी भित्र्याएको छ भने विराटनगरले भारतबाट ल्याएको छ । विभाग बाहिरका टिमलाई छाड्ने हो भने विभागीय क्लबहरु त्रिभुवन आर्मी क्लब र पुलिस क्लबले एपीएफलाई टक्कर दिने क्षमता राख्दछन् ।

किनकी यी दुई टिममा पनि राष्ट्रिय टोलीका नियमित सदस्य छन् ।

मंगलबार आर्मीको रणनीति एपीएफ समक्ष चलेन । एपीएफले आर्मीलाई २–० गोलले पराजित गर्यो । आर्मीका खेलाडीले एपीएफकी मुख्य स्टाइकर सावित्रा भण्डारीलाई ‘मार्क’ गर्दा सरु लिम्बु र अन्जली योन्जनले आर्मीविरुद्ध गोल गरिन् ।

सावित्राले पटक–पटक गोल गर्न अवसर निकाल्दा पनि उनलाई आर्मीका खेलाडीले असफल पारे । एपीएफविरुद्ध आर्मीको रणनीति विफल पार्न सरु र अन्जली सफल भइन् ।

सरुले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्‍याएपछि नेपालकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारीले उनको बुटमा ‘किस’ गर्दै सेलिब्रेसन गरेकी थिइन् । जुन निकै चर्चामा रह्यो ।

‘हामीले सावित्रालाई मार्क गरिरहेका थियौं । तर, त्यसको एडभान्टेज लिँदै अरु खेलाडीले गोल गरे । जसले हामी दबाबमा पर्न गयौं,’ आर्मीकी कप्तान कविता धिमालले बताइन् ।

यता, एपीएफकी कप्तान अनिता बस्नेतले भने टोली रणनीति अनुसार सफल भएको बताएकी छन् ।

‘हामीले टिमको रणनीति अनुसार खेल्यौं । जसरी हुन्छ छिटो गोल गर्ने भन्ने थियो । त्यो भएपछि अलि सहज भयो,’ उनले भनिन् ।

एपीएफ अहिलेसम्म एकमात्रै उपाधि विजेता टिमका रुपमा देखिएको छ । तर, उसलाई विभाग बाहिरका टोलीसँग डर देखिएको छ ।

पुलिससँग बराबरी खेलेको वालिङसँग त्रसित एपीएफ

मंगलबार भएको पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका टोलीले विभागिय टोली नेपाल पुलिस क्लबसँग अंक बराबरी गरेको छ ।

राष्ट्रिय महिला लिगमा आफ्नो दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग ७–० गोलको फराकिलो हार व्येहोरेको वालिङले मंगलबार पुलिससँग अंक बराबरी गरेको छ ।

वालिङका लागि क्यामरुनी खेलाडी मिथो रुथले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । तर, पुलिसका लागि रेखा पौडेलले ६५ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेकी थिइन् । उक्त गोलसँग १–१ गोल बराबरीमा खेल सकिएको थियो ।

३ खेलमा तीनै जित हात पार्दै ९ अंकसहित शीर्ष स्थानमा रहेको एपीएफ वालिङसँग त्रसित बनेको छ । उसले अर्को विभागीय टोलीलाई रोक्दा एपीएफ सजग बनेको छ ।

आर्मीलाई पराजित गरिसकेपछि एपीएफकी प्रशिक्षक भगवति थापाले उपाधि उठाउने निश्चित भएको दाबी गर्न नसकिने बताएकी छन् ।

‘अहिले पनि उपाधिका लागि कठिनै छ । वालिङ बलियो हुँदै आएको छ । तुलनात्मक रुपमा बलियो रहेको पुलिससँग नतिजा उल्टाएको छ । पुलिस पनि कमजोर टिम होइन, उससँग हामीले खेल्न बाँकी नै छ,’ उनले भनिन् ।

नियमित जसो खेल हुँदा इन्जुरीको समस्या

महिला लिगमा एक टोलीले एक दिन मात्रै आरम गर्ने अवसर पाउँछन् । जसले टिमहरुलाई समस्या भइरहेको प्रशिक्षक र खेलाडीले गुनासो गरेका छन् ।

जस्तै, ८ गते रौतहटको टोलीसँग खेलेको एपीएफले विराटनगर महानगरपालिकासँग खेलेको थियो भने हिजो एक दिन आराम गरेको एपीएफले आज आर्मीसँग खेल्यो ।

‘एक पछि अर्को खेलहुँदा खेलाडी इन्जुरीले समस्या गरिरहेको छ । इन्जर्ड खेलाडीका लागि रेष्ट गर्न समय नै पुग्दैन,’ एपीएफकी प्रशिक्षक थापाले गुनासो गरिन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १० : २८ बजे

 माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको