औषधोपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो « Khabarhub

औषधोपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन् ।

कारागार हुम्लामा रहेका कैदीबन्दीले यतिखेर कुनै सेवा सुविधा नपाएको बताएका छन् ।

सर्केगाड गाउँपालिका–६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट मङ्सिर १८ गते छ वर्ष कैद र रु दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।

फैसला भएको करिब दुई महिना बितिसक्दा पनि उनलाई हालसम्म कारागार स्थानान्तरण गरिएको छैन ।

उनले भने, ‘जिल्ला कारागारको भवन अभावमा प्रहरीको हिरासतमा बस्नुपरेको छ, औषधोपचारका लागि पनि आफैँले आर्थिक खर्च गर्नुपर्ने, खेल्ने, सरसफाइदेखि अन्य सेवा सुविधा उपभोग गर्नसमेत पाएको छैन ।’

कारागारको भवन नहुँदा जिल्ला प्रहरी कार्यालयमा हिरासतका लागि बनाइएका दुई कोठामा सीमित भएर बस्नुपरेको उनले गुनासो गरे ।

उक्त क्षेत्रमा बसाइका हिसाबले सुधारगृह नभएर यातनागृह जस्तै महसुस भएको उनले गुनासो गरे । साँघुरो ठाउँमा बस्नुपरेकाले आपसमा सरूवा रोगको जोखिम भएको रोकायाले बताए ।

छ कैदी र पाँच पुर्पक्षमा थुनुवा रहेका गरी ११ जना रहेका छन् । कारागार प्रमुख डवले रावतले कारागार स्थानान्तरणका लागि माघ ११ गते केन्द्रीय विभागमा पत्राचार गरिएको बताए ।

त्यस्तै कैदीबन्दीले आफ्नै खर्चमा औषधोपचार गरेको भए पनि कारागारले सो रकम एकलौटी चौमासिकरूपमा भुक्तानी गर्ने भएको जानकारी प्राप्त भएको छ ।

 

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ७ : ५९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब