किसानको विरोध गर्दा कंगनालाई करोडौं घाटा « Khabarhub

किसानको विरोध गर्दा कंगनालाई करोडौं घाटा


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेत्री कंगना रनावत भारतमा किसानले गरिरहेको आन्दोलनका विषयमा लगातार ट्वीट गरिरहेकी छन् । मंगलबार देशभरका किसानले ट्रयाक्टर र्‍याली निकालेपछि विभिन्न स्थानमा हिंसा भयो । यही विषयमा उनले एक ट्वीट गरिन् र आफ्नो सम्पूर्ण रिस त्यसमै पोखिन् । उनको यही आक्रोशका कारण उनले करोडौंको प्रोजेक्ट गुमाएकी छन् ।

कंगनाका अनुसार किसानको विरोध गर्दा ६ वटा ठूला ब्राण्डले उनीसँग गरेको र गर्न लागेका सम्झौता रद्द गरेका छन् । ‘६ वटा ब्राण्डले मसँग आफ्नो सम्झौता रद्द गरेका छन् । त्यसमा केहीमा सम्झौता भइसकेको थियो भने केही हुनेवाला थिए । मैले किसानलाई आतंकवादी भनेर बोलाएको उनीहरुको भनाई छ । त्यहीकारण उनीहरुले मलाई एम्बासडर बनाउन चाहेनन्’, उनले ट्वीटेकी छन् ।

उनले यस्ता हिंसाको समर्थन गर्ने जोकोही भारतीय व्यक्ति आतंकवादी रहेको दाबी गरेकी छन् । ‘त्यसमा ती व्यक्ति पनि सहभागी छन्, जो एन्टी नेशनल ब्राण्ड हुन्’, उनले लेखेकी छन् ।

कंगनाले ट्वीटमा अभिनेत्री प्रियंका चोपडा र अभिनेता दिलजीत दोसाँझमाथि पनि निशाना लगाएकी छन् । यी दुवै स्टारले किसानको प्रदर्शनलाई समर्थन गरेका थिए । कंगनाले दुवैलाई ट्याग गर्दै ‘प्रियंका र दिलजीत तपाईंहरुले यसलाई सम्झाउनुपर्नेछ । सारा विश्व हामीमाथि हाँसिरहेको छ । तपाईंहरुले यही चाहनुभएको थियो हैन । बधाई छ’ भनेर लेखेकी छन् ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ९ : ०५ बजे

रास्वापाले चुनाव भाँड्न खोज्यो : एमाले

काठमाडौं- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि चुनाव भाँड्न खोजेको

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त

काठमाडौं– पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका

हिटलरको घर अब प्रहरी चौकी

एजेन्सी– नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा

उम्मेदवारहरूको घरदैलो अभियान तीव्र

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल