पहिरोपीडितको आवास पुनःनिर्माणका लागि सहयोग « Khabarhub

पहिरोपीडितको आवास पुनःनिर्माणका लागि सहयोग


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– छ महिनाअघिको पहिरोले घरवास गुमाएका म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका पहिरोपीडितको आवास पुनःनिर्माणका लागि मङ्गलबार रु साढे १६ लाखभन्दा बढी सहयोग प्राप्त भएको छ ।

मराङ–काठमाडौँ समाजद्वारा सङ्कलित रु १६ लाख ४८ हजार वडाध्यक्ष राजाराम सुवेदीलाई समाजका अध्यक्ष धनबहादुर गुरुङ र याम गर्बुजाले हस्तान्तरण गरेका हुन् । गत असार महिनाको पहिरोबाट घरबास गुमाएकाको पुनःबास, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि वडा कार्यालयले स्थापना गरेको कोषमा काठमाडौँमा बस्दै आएका मराङ जन्मथलो भएकाहरुले सहयोग जुटाएका थिए ।

वडाध्यक्ष सुवेदीले सहयोगदातालाई धन्यवाद दिँदै प्राप्त रकम आवश्यकतानुसार पहिरोपीडितको पुनःबास, पुनःनिर्माणमा परिचालन गरिने बताए ।

मराङको राम्चे, रिखा, कल्लेनी, ठूलोगाउँ र कुम्रिमा पहिरोका कारण १९ को मृत्यु र दुई जना बेपत्ता भएका थिए । तेइस घर पहिरोमा पुरिएका र बगेका थिए । कुम्रिस्थित वडा कार्यालय रहेको सामुदायिक भवन पनि पहिरोले बगाएको थियो ।

घरबास गुमाएकाहरुको पुनःस्थापनाका लागि वडा कार्यालयले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सङ्कलित रकमबाट २८ रोपनी छ आना जग्गा खरिद गरिएको छ । आरबाङको अस्कारेमा १२ रोपनी र राम्चेमा १७ रोपनी जग्गा खरिद गरिएको छ । जग्गा खरिदमा रु ५० लाख ५० हजार खर्च भएको छ ।

खरिद गरिएको जग्गामा सडक पुर्याएर सम्याउने तयारी भएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले मराङमा १० घर निर्माण गर्ने जनाएको छ । तीन कोठा र एक शौचालयसहितको घर निर्माणमा रु पाँच लाख खर्च हुने लागत अनुमान तयार पारिएको छ ।

बाँकी घर निर्माणका लागि पनि स्रोतको खोजी गरिएको छ । धवलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पहिरोपीडितको निजी आवास पुनःनिर्माणका लागि रु ४८ लाख विनियोजन गरेको छ । धवलागिरिको धारापानी, ताकम, आटेबिर र काफलडाडाँमा पनि पहिरोले क्षति पुर्याएको थियो ।

गाउँपालिकाले विनियोजन गरेको बजेट कसरी परिचालन गर्ने भन्ने टुङ्गो लागिसकेको छैन । सङ्घीय सरकारले पहिरोपीडितको घर बनाउन हिमाली जिल्लाका लागि रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको विघटित प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापाले बताए ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : ४९ बजे

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ- रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा