नेपालमा कोभिड-१९ विरूद्धको खोप अभियान सुरू « Khabarhub

नेपालमा कोभिड-१९ विरूद्धको खोप अभियान सुरू

टेकु अस्पतालका निर्देशकले लगाए पहिलो खोप


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा आजदेखि कोरोना भाइरसविरूद्धको खोप अभियान सुरू भएको छ ।

खोप अभियानको अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्दैछन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित खोप शुभारम्भ समारोहमा प्रधानमन्त्री ओली, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, भारतीय राजदूत विनयमोहन क्वात्रा लगायत सहभागी छन् ।


स्वास्थ्य सेवा विभाग खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमका अनुसार पहिलो खोप टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले लगाएका छन् ।

खोप लगाउँदै डा.सागर राजभण्डारी ।

त्यसलगत्तै वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौं मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, शहीद गंगालाल अस्पतालका चिकित्सक/स्वास्थ्यकर्मीले एकैपटक खोप लगाउन थालेका छन् ।

गौतमका अनुसार काठमाडौंमा १२, भक्तपुरमा दुई र ललितपुरमा तीन अस्पताल गरी उपत्यकाका १७ केन्द्रबाट खोप उपलब्ध हुनेछ । काठमाडौं उपत्यकाबाहिर ६२ अस्पतालअन्तर्गत १०३ खोप केन्द्रबाट खोप लगाइनेछ ।

पहिलो चरणमा कोरोना महामारी रोकथामका लागि अग्रपंक्तिमा खटिएका ४ लाख ३० हजार जनालाई खोप लगाइने कार्यक्रम छ ।

गौतमका अनुसार देशभरका ३ सय खोप केन्द्रमध्ये सात प्रदेशका १२० केन्द्रमा खोप पुगिसकेको छ । २८० केन्द्र तयार हुन बाँकी रहेकाले ती केन्द्रबाट खोप सुरू हुन भने कम्तीमा आइतबारसम्म लाग्ने गौतमले बताए ।

नेपाललाई भारतले गत बिहीवार १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएको थियो ।

भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ खोप ७० प्रतिशतभन्दा बढी प्रभावकारी ठानिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : १६ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको