नौ व्यावसायिक फर्मलाई कारवाही | Khabarhub Khabarhub

नौ व्यावसायिक फर्मलाई कारवाही


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनका नौ व्यावसायिक फर्मलाई कारवाही गरिएको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारवाही गरिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय चितवन, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय वाग्मती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढको प्रतिनिधिसहितको टोलीले मङ्गलबार नारायणगढका व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा मूल्यसूची नराखिएका सात व्यावसायिक प्रतिष्ठानलाई रु ५०/५० हजार र आवश्यक कागजपत्र देखाउन नसकेका दुई संस्थालाई रु २०/२० हजार जरिवाना तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त प्रमुख जीतबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार जरिवाना तोकिएका व्यावसायिक प्रतिष्ठानमा भरतपुर महानगरपालिका–५ मा रहेको श्रेष्ठ कन्सर्न, वडा नं २ मा रहेको नेशनल ट्रेड बिजनेश, ए एस ट्रेडर्स चुरा कस्मेटिक पसल रहेका छन् ।

यस्तै भरतपुर–२ कै विनोद एण्ड डिला इम्पोरियम, चितवन पर्दा हाउस, पलमी इञ्जिनीयरिङ इन्टरप्राइजेज र वडा नं ३ मा रहेको  गुप्ता धागो स्टोर्सले मूल्यसूची नराखी व्यवसाय गरेको भेटिएपछि उनीहरूलाई रु ५०/५० हजार जरिवाना तोकिएको हो ।

यस्तै व्यवसाय दर्ताको कागजपत्र नराखेको र मूल्यसूची नराखेका भरतपुर महानगरपालिका–१० को ओम साइराम प्लास्टिक सप्लायर्स र वडा नं २ को एसएच ट्रेडर्सलाई रु २०÷२० हजार जरिवाना तोकिएको छ ।

उनीहरूलाई संरक्षण कार्यालयले अनुगमनका क्रममा नै जरिवाना तोकेको हो । एक साताभित्र जरिवाना वाणिज्य बैंकमा जम्मा गर्न निर्देशनसमेत दिइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १२ : ०५ बजे

आजका समाचार : ट्रम्प–जेलेन्स्कीको बहसले विश्वमा तरङ्ग, खानेपानीमन्त्री भारततिर र देशका विभिन्न ठाउँमा हिमपात

राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपतिको अपिलराष्ट्रपति रामचन्द्र पौडेलले केही भएन

मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा

काठमाडौं– मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ ।

विपन्न परिवारका लागि पाकिस्तान सरकारको सहायता योजना

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले शनिबारबाट सुरु हुने रमजान पर्व

संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको अध्यक्ष प्रचण्डको आरोप

सिरहा– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

‘विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ’

भैरहवा– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधानले तोकेको समयभित्रै पार्टीको