एपीएफले पुलिसलाई दियो २०४ रनको लक्ष्य, उत्कृष्ट बलिङ गरेका आरिफले बोके चोट « Khabarhub

एपीएफले पुलिसलाई दियो २०४ रनको लक्ष्य, उत्कृष्ट बलिङ गरेका आरिफले बोके चोट


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शसस्त्र प्रहरी बलको एपीएफ क्लबले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा टस हारेर पहिलो ब्याटिङ गरेको एपीएफले निर्धारित सबै ओभर खेल्दै ९ विकेट गुमाएर २सय ३ रन बनाएको हो।

बुधबार बिहान पहिलो ब्याटिङ गरेको एपीएफका शुरुआत ४ विकेट ४३ रनको अवस्थामा गइसकेका थिए। चौथो र छैठौं विकेटका रुपमा मैदान प्रवेश गरेका शंकर राना र सन्दीप जोराको जोडिले एपीएफको ब्याटिङ उकासेका थिए।

उनीहरुले ६४ रनको साझेदारी गरे। जसमा ३४ रनमा खेलिरहेका जोरालाई सागर ढकालले आउट पारे।

यस्तै एपीएफका लागि ४४ रनमा खेलिरहेका शंकर रानालाई दिपेन्द्र सिंह ऐरीले सुनिल धमलाबाट क्याच गराए।

सन्दिप आउट भएपछि मैदान छिरेका भुवन कार्कीले एपीएफको ब्याटिङ उकास्न मद्दत गरे। उनले ५६ बलको सामना गर्दै ४२ रन बनाए भने कमल सिंह ऐरीले १९ रन, शरद भेषावकरले १८ रन, सुवास खकुरेलले १९ रन, अभिनाष बोहराले ११ बनाए।

एपीएफविरुद्व पुलिसका आरिफ शेखले उत्कृष्ट बलिङ गरे। उनले १० ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ३१ रन खर्चेर ३ विकेट लिए। उनले ओपनर सुवास खकुरेल, कप्तान भेषावकर र सुमित मर्जनको विकेट लिए।

यस्तै पुलिसका दिपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीले समान २/२ विकेट लिए। यता, राशिद खान र सागर ढकालले समान १/१ विकेट लिएका हुन्।

खेलका दौरान पुलिसका लागि उत्कृष्ट बलिङ गरेका आरिफ चोटग्रस्त भएका छन्। उनी ४५ औँ ओभरमा फिल्डिङ गर्ने क्रममा मैदानमा लडेका थिए।

उनको दायाँ खुट्टाको एङ्कलमा चोट देखिएको राष्ट्रिय टोलिका फिजियो विक्रम न्यौपानेले बताएका छन्। आरिफलाई एम्बुलेन्समा अस्पताल लिइसकिएको छ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १ : ३१ बजे

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको

प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने

काठमाडौं– प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औँ संस्करण आउँदो माघ