काठमाडौँ- तराईमा आज पनि बाक्लो हुस्सु लागेको छ ।
दिउँसो अवेरसम्म पनि हुस्सु नखुल्दा त्यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेख्य प्रणालीको विकास भएको छैन । तराईमा बाहेक अन्यत्रको मौसम सामान्यतया सफा रहेको छ ।
आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.२ डिग्री सेल्सियस छ । दिउँसो उपत्यकाको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको पूर्वानुमान छ ।
महाशाखाले जारी गरेको तीनको मौसम पूर्वानुमान वुलेटिनमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
माघ १५ गते
दिउँसो : प्रदेश- १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
माघ १६ गते
दिउँसो : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ।
राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ।
माघ १७ गते
दिउँसो : प्रदेश- १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश-१ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया