टस हारेको आर्मी ब्याटिङ गर्दै | Khabarhub Khabarhub

टस हारेको आर्मी ब्याटिङ गर्दै


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीले टस जितेर फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टर हारेको विभागिय टोली त्रिभुवन आर्मी क्लब ब्याटिङ गर्ने भएको छ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तगर्त भइरहेको खेलमा आर्मीले एक खेलाडी परिवर्तन गरेको छ । नियमित खेल्दै आएका आका चन्दलाई आर्मीले आराम दिएको छ भने उनको स्थानमा बलर जितेन्द्र मुखिया प्लेइङ ११ मा परेका छन् ।

आर्मीको कप्तानी विनोद भण्डारीले गरिरहेका छन् भने बागमतीको कप्तानी राष्ट्रिय टोलीका कप्तान ज्ञानेनद्र मल्लले गरेका छन् ।

आर्मीसँग खेल्न लागेको बागमती भने यसअघिकै टिमलाई निरन्तरता दिएको छ । बुधबार भएको पहिलो सेमिफाइनलबाट शसस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनल पुगिसकेको छ । एपीएफसँग फाइनलका लागि आर्मी र बागमती दुवै टोली जित हात पार्ने लक्ष्यमा छन् ।

यो पटक पीएम कपको फाइनलमा बागमती पुगे प्रदेश टिमबाट फाइनल खेल्ने पहिलो टोली बन्नेछ । यसअघि विभागीय क्लबहरु फाइनल पुग्दै आएका थिए । घरेलु क्रिकेटमा विभागिय टोलीको ब्रचश्व रहादै आएको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ८ : ५५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार