ओशोको बायोपिकमा रवि किशन « Khabarhub

ओशोको बायोपिकमा रवि किशन


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा आध्यात्मिक गुरु ओशो रजनीशमाथि फिल्म बन्ने चर्चा चलेको धेरै भयो । ओशोको जीवनीमा फिल्म बनाउन निर्देशक शकुन बत्रा तयारी गरिरहेका थिए । जुन फिल्ममा लगानी गर्न निर्माता करण जोहर उत्साहित थिए ।

फिल्मका लागि शकुन र करणले आमिर खान र आलिया भट्टलाई अभिनय गराउने चर्चा पनि थियो । तर भित्रभित्रै योजना बने पनि आधिकारिक घोषणा नहुँदा यस्तै कथामा भोजपुरी सुपरस्टार रवि किशनले बाजी मारेका छन् ।

आमिर अघि रवि किशन अब वेलजी भाई गाला निर्मित फिल्म ‘सिक्रेट्स अफ लव’मा ओशो रजनीशको भूमिकामा दर्शकमाझ आउदैछन् । ‘विगत ३० वर्षदेखि म ओशोको सन्यासी छु र म उनको कथा आम मानिसमाझ चाँडै पुर्‍याउन चाहन्थेँ, निकै लामो समयसम्मको सोच विचारपछि ओशोको कथालाई फिल्मका रुपमा आम मानिसमाझ पुर्‍याउन सकिन्छ जस्तो लाग्यो’, वेलजीले भनेका छन्, ‘मैले ओशोको कैयौं प्रवचन सुनें । उनले मेडिटेसनका बारेमा धेरै कुरा बताएका छन् ।

ओशोका हरेक कुरालाई मैले भित्री रुपमा बुझेको छु । त्यहीकारण फिल्म बनाउन मलाई कुनै समस्या भएन । मेरो बुझाईमा ओशो यो शताब्दीकै राम्रा मान्छे हुन् । त्यहीकारण यो शताब्दीका मान्छेहरुले उनको बारेमा बुझ्न आवश्यक छ ।’

फिल्ममा ओशोका तीन फरक चरित्रलाई प्रस्तुत गरिएको छ । त्यहीकारण फिल्ममा यी चरित्रका लागि वेलजीले जयेश कपूर, विवेक मिश्रा र रवि किशनले अभिनय गरेका छन् । ‘जब ओशो रजनीश अमेरिका गए, त्यो बेला उनलाई विष खुवाइएको थियो । त्यो भूमिकामा रवि किशन देखिनेछन् । रविलाई अनुबन्ध गर्नुअघि हामीले केही अभिनेताको लुक टेस्ट गरेका थियौं । तर रवि भन्दा उपयुक्र्त कोही देखिएनन् ।’ वेलजीले भनेका छन् ।

निर्माताहरु गत वर्ष नै यो फिल्मलाई रिलिज गर्न चाहन्थे । तर कोभिड महामारी पछिको लडकाउनका कारण उनीहरुले आफ्नो योजनालाई परिवर्तन गरे । अब यो फिल्म यसै वर्षको अप्रिल र मेको बीचमा रिलिज हुनेछ । निर्माताका अनुसार कपिराइटका कारण फिल्ममा ओशोको नाम राखिएको छैन । फिल्मको छायांकन काशी, गुजरात, गोवा, जबलपुर र मुम्बईमा गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ४ : ३७ बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’