‘गो ग्रीन’ अभियानको शुरुवात | Khabarhub Khabarhub

‘गो ग्रीन’ अभियानको शुरुवात


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधान सेनापति पूर्णचन्द्र थापाले ‘प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन-२०७५’ अनुसार ‘गो ग्रीन’ अभियानको शुरुवात गरेका छन् ।

सेनाको ब्यारेक निर्माणस्थल बेंसीशहर वडा नं २ श्रीस्वारामा बृहत् फलफूल वृक्षरोपण अभियान शुरु गर्दै प्रधानसेनापति थापाले प्रकृतिको साथ समृद्धि खोज्नुपर्ने जोड दिएका हुन् ।

प्रधानसेनापति थापाले नेपाल सरकारको समृद्धिको लक्ष्य हासिल गर्ने योजनामा साथ दिँदै प्रकृतिको संरक्षण, फलफूलखेती र व्यावसायिक कृषिबाट समृद्धि हासिल गर्न सहयोग पुग्ने बताए ।

उनले खेतबारी बाँझो राखेर विदेश जानुभन्दा यहीँको माटोमा मेहनत गरे उन्नति हासिल गर्न सकिने बताए ।

प्रधानसेनापति थापासहितको टोलीले बेंसीशहर–२ को जर्गेनी सामुदायिक वनको उत्तरधारा र सोही वडाको बगालेगाउँमा निर्माणधीन नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रमासमेत वृक्षरोपण गरेको थियो ।

सोही अवसरमा प्रधानसेनापति थापाले निर्माणधीन व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रको निरीक्षणसमेत गरेका थिए । फलफूल जोनका रुपमा विकास गर्न नेपाली सेना र स्थानीयवासीले आज १५ हजार ७५० वटा विभिन्न प्रकारका बिरुवा रोपेको श्रीजंग गणका गणपति प्रमुख सेनानी जयराम थापाले जानकारी दिए ।

उनका अनुसार नेपाली सेनाले नौ सार्वजनिक स्थान र चार सामुदायिक स्थानमा फलफूल तथा बहुउपयोगी बिरुवा रोपेको हो । नेपाली सेनाले १३ दशमलव ५५ किमी वर्गकिलोमिटर क्षेत्रमा २० प्रकारका विभिन्न फलफूल तथा बहुउपयोगी बिरुवा रोपेकामा सार्वजनिकतर्फ दुई हजार २२५, सामुदायिकतर्फ १० हजार ४३० र नेपाली सेनातर्फ तीन हजार ९५ बिरुवा रहेका छन् ।

सेनालाई स्थानीयवासी, सामुदाायिक वनका उपभोक्ता र सर्वसाधारण नागरिकले पनि उत्साहजनकरुपमा वृक्षरोपण अभियानमा साथ दिएका थिए । नेपाली सेनाको सहयोगमा १५ हजार ७५० वटा फलफूल तथा बहुउपयोगी बिरुवा रोपिएको हो ।

यस नगरपालिका वडा नं २ मा सेनाको ब्यारेक र व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्र रहेकाले वडा नं २ लाई फलफूल जोनका रुपमा विकास गर्न वृक्षरोपण गरिएको प्रमुख सेनानी थापाले बताए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ११ : २४ बजे

चिनियाँ खतराको जवाफ दिन नयाँ युद्धपोत निर्माण गर्ने ट्रम्पको चाहना

काठमाडौं- चीनबाट उत्पन्न हुने सम्भावित खतराको जवाफ दिन अमेरिकी राष्ट्रपति

गृहमन्त्रीसँग र अमेरिकी राजदूतको भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर

अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक

म्याग्दी– वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि

‘नेपालमा बर्सेनि ५० हजार बढीलाई मस्तिष्कघात’

काठमाडौं– नेपालमा प्रत्येक वर्ष मस्तिष्कघातका कारण ५० हजारभन्दा बढी मानिस