छतिवनमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते | Khabarhub Khabarhub

छतिवनमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको छतिवनमा आज बिहान सडकमा राखिएको जालीमा ठोक्किएर दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका २२ जना यात्रु घाइते भएका छन् ।

यात्रुलाई स्थानीय गाउँले र प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा र चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते यात्रुलाई हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा भर्ना गरिएको र उनीहरुको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले जानकारी दिए । बसका चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ गरिरहेको पनि उनले बताए ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १ : १९ बजे

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

बुङ्गल हाइड्रोको आइपीओ भदौ १६ गते निष्काशन हुने

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ