कुखुरा रोग नियन्त्रण गर्न खोप | Khabarhub Khabarhub

कुखुरा रोग नियन्त्रण गर्न खोप


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिकाका–२ थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएको छ । गाउँमा फैलिएको रोगबाट हालसम्म पनि कुखुरा मर्ने क्रम नरोकिएपछि बचेका कुखुराकाको रक्षाका लागि खोप ल्याइने भएको छ ।

केही दिन अगाडि मात्रै थाली गाउँमा कुखुरा मर्न थालेको भन्दै स्थानीयद्वारा विभिन्न सञ्चार मिडियामा जानकारी गराएपछि सम्बन्धित पशु सेवा कार्यालयले खोपको व्यवस्था गर्न लागेको हो ।

गाउँमा फैलिएको रोगका बारेमा जानकारी पाउन र शव परीक्षणका लागि जिल्ला पशु सेवा कार्यालय हुम्लाले माघ १२ गते मरेको कुखुरा पशु रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाएपछि सो कार्यालयले रानीखेत रोग पुष्टि भएको पशु विकास कार्यालयका सूचना अधिकारी कृष्ण रोकायाले बताए ।

सूचना अधिकारी रोकायाका अनुसार “कुखुरामा फैलिएको रानीखेत रोगको उपचारका लागि खोपसमेत लिएर अबको केही दिनमा टोली गाउँतर्फ जाने तयारी गरिरहेको छ, ।” यो रोगका लागि सुर्खेतबाट बिहीबार पाँच हजार खोप जिल्लामा पुगिसकेको जनाइएको छ । थाली गाउँमा दैनिक १५/२० वटा कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  २ : ३० बजे

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन