कोभिड–१९ बारे पारदर्शी नभएको भन्दै चीन र डब्लुएचओप्रति बेलायती पूर्वमन्त्री रुष्ट « Khabarhub

कोभिड–१९ बारे पारदर्शी नभएको भन्दै चीन र डब्लुएचओप्रति बेलायती पूर्वमन्त्री रुष्ट


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- चीनले कोभिड– १९ जस्तो संवेदनशील विषय लुकाएको भन्दै बेलायतका पूर्व श्रम तथा पेन्सन मन्त्री इयान डनक्यान स्मिथले निन्दा गरेका छन् ।

चीनको वुहानबाट फैलिएको कोभिड–१९ निकै विनाशकारी छ भन्ने अवगत हुँदाहुँदै पनि चीन सरकारले विश्वलाई समयमा सूचना नदिएको भन्दै बेलायतका पूर्व श्रम तथा पेन्सन मन्त्री इयान डनक्यान स्मिथले चीन सरकारको निन्दा गरेका हुन् ।

चीनले संसारलाई अबगत गराएभन्दा धेरै महिना अघिबाटै चीनमा कोभिड–१९ को महामारी फैलिएको भन्दै पूर्वमन्त्री स्मिथले द सन समाचारपत्रमा आफ्नो लेख प्रकाशित गरेका छन् ।

साथै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि वुहानको प्रयोगशालामा उचित अध्ययन अनुसन्धान नगरेको भन्दै उनले आफ्नो लेखमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। चीनले समयमा कोभिडविरुद्ध पारदर्शी काम गरेको भन्दै डब्लूएचओका महासचिव टेड्रोस गेब्रियससले बधाइ दिनु निन्दनीय भएको पूर्वमन्त्री स्मिथको लेखमा उल्लेख गरिएको छ।

चीनको शंकास्पद कार्यप्रति डब्लुएचओ जस्ता जिम्मेवार निकायले गहिरो ध्यानाकर्षण र अनुसन्धान गर्दै सत्य पत्ता लगाउनुपर्नेमा उल्टो काम गरिरहेको उनको भनाइ छ । चीनले विश्वलाइ कोभिड–१९ बारे अध्याँरोमा राखेको र सत्य सूचना बाहिर ल्याउन खोज्ने आफ्नै नागरिकमाथि कारबाही समेत गरेको पूर्वमन्त्री स्मिथको दाबी छ ।

अमेरिकी आर्थिक नाकाबन्दी भोगीरहेको बेला यो महामारीले नाकाबन्दी थप एक खर्ब अमेरिकी डलर पुग्ने डरले चीनले सूचना लुकाएको पुर्वमन्त्री स्मिथले लेखेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : १५ बजे

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

जेनेभा– फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना