आहा ! रारा गोल्डकप चैत १७ देखि | Khabarhub Khabarhub

आहा ! रारा गोल्डकप चैत १७ देखि


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।

आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अखिल नेपाल फुटबल सङ्घ(एन्फा)बाट सो मितिमा प्रतियोगिता सञ्चालन गर्न समय तालिका प्राप्त भएकाले तयारी शुरु गरिएको जनाएको छ ।

‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यसहित आयोजना हुने प्रतियोगितामा विदेशी टोली, ‘ए’ डिभिजनका क्लब, मोफसलका टोली र आयोजक सहाराको टोली सहभागी हुने क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए ।

कोरोना भाइरस महामारी र राष्ट्रिय फुटबल टोली विश्वकप फुटबल तथा एशियन कपको छनोट चरणको तयारीमा रहेकाले समेत प्रतियोगिताको समयपछि सरेको बताइन्छ । यसअघि क्लबले पुस/माघमा प्रतियोगिता गर्दै आएको थियो ।

प्रतियोगिताबाट कूल आम्दानी रु एक करोड ३० लाख एक हजार तथा खर्च रु एक करोड एक लाख ८१ हजार हुने अनुमान गरिएको क्लबले जनाएको छ । गत वर्षको संस्करण मनाङ मस्र्याङ्दी क्लबले जितेकामा विभागीय नेपाल पुलिस क्लब उपविजेता बनेको थियो ।

क्लबले आयोजना गर्ने प्रतियोगितालाई पहिलो संस्करणदेखि मुख्य प्रायोजक बनेर यहाँको व्यावसायिक प्रतिष्ठान हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

प्रतियोगिताबाट बचत भएको रकम क्लबबाट पोखरा महानगरपालिका–१७ दोविल्लामा सञ्चालित सहारा फुटबल एकेडेमी सञ्चालनमा खर्च गरिँदै आइएको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

एकेडेमीमा हाल तेस्रो ब्याचका १४ जिल्लाका २४ बालक आवासीयरुपमा निःशुल्क, स्वास्थ्य शिक्षालगायत एकेडेमीमा फुटबल प्रशिक्षण गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १२ : १२ बजे

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी

सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीले भने- निर्वाचनमैत्री ‘कन्टेन्ट’ लाई प्राथमिकता दिनुस्

काठमाडौं– सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गरी मुलुकमा सुशासन कायम

बोर्ड उदार हुँदा ‘रोकिन’बाट जोगियो ‘जेरी अन टप’, ‘कोशेढुंगा’ प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय

काठमाडौं – सेन्सर बोर्डले उदारता देखाउँदा नायक अनमोल केसी स्टारर

आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले आईएफए २०२५ मा उत्कृष्ट सफलता हासिल गरेको छ । आईएफए