प्रधानमन्त्री कप क्रिकेट : उत्कृष्ट खेलाडी छनोटमै त्रुटी ! « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : उत्कृष्ट खेलाडी छनोटमै त्रुटी !



काठमाडौं– शनिबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब च्याम्पियन बन्यो ।

चौथो पटक फाइनल खेलेको आर्मी ३३ रनले विजयी भयो । जसका लागि जितेन्द्र मुखिया फाइनल म्यान अफ दि म्याच घोषित भए । उनी पुरस्कृत भए लगत्तै प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीका रुपमा प्रदेश नम्बर २ का विवेक यादव पुरस्कृत भए ।

उत्कृष्ट बलर साहब आलम भए भने उत्कृष्ट ब्याट्सम्यानबाट बागमती प्रदेशका पृथु बास्कोटाले पुरस्कार पाए । उदीयमान खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले समान २५–२५ हजार प्राप्त गरे ।

यस्तै, प्रतियोगितामा औसत प्रदर्शन गरेका एपीएफ क्लबका कमलसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । उनले ५० हजार पुरस्कार प्राप्त गरे ।

उनको नाम धेरैका लागि नयाँ रह्यो । प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पाउनुपर्ने पुरस्कार औसत रुपमा प्रतियोगिता टुङ्ग्याएका कमलले पाउँदा धेरैले यो पुरस्कार कुन आधारमा प्रदान गरियो भनेर समेत प्रश्न गरे ।

प्रतियोगितामा हेर्दा एपीएफ तीव्र गतिका बलर अभिनाष बोहरा १४ विकेटसहित शीर्ष स्थानमा छन् भने ब्याटिङतर्फ सर्वाधिक रन बनाएका पृथु बास्कोटा ब्याटिङतर्फ शीर्ष स्थानमा छन् । उनको टोली सेमिफाइनलसम्म पनि पुगेको थियो ।

प्रतियोगिताको टेक्निकल कमिटिले प्रतियोगिताका उत्कृष्ट खेलाडी छनोट गरेको थियो । जसको नेतृत्व नेपालका अनुभवी एम्पायर विनय झाले गरिरहेका थिए ।

‘यसको मापदण्ड प्रतियोगितामा कति खेलमा खेलाडी म्यान अफ दि म्याच भयो भन्नेले गर्छ,’ कमलको भन्दा राम्रो प्रदर्शन गरेका खेलाडी पनि लिष्टमा हुँदा हुँदै कसरी कमल उत्कृष्ट खेलाडी भए भन्ने प्रश्नमा अम्पायर झाले भने, ‘हरेक म्यान अफ दि म्याचले ३ अंक प्राप्त गर्छ । जसमा कमल दुई खेलमा म्यान अफ दि म्याच भएका थिए । त्यसैकारण उनले यो पुरस्कार प्राप्त गरेका हुन् ।’

कमलले समूह चरणमा आर्मीविरुद्ध एपीएफले ६ रनको जित निकाल्दा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दि म्याच घोषित भएका थिए । उनले १० ओभर बलिङ गरेका उनले १ मेडन ओभर राख्दै ३१ रन खर्चेर ३ विकेट लिएका थिए ।

यस्तै, अर्को समूह चरणकै गण्डकीविरुद्धको खेलमा उनी म्यान अफ दि म्याच भएका थिए । जसमा उनले १० ओभर बलिङ गरेका उनले ३ मेडन ओमन फाल्दै मात्रै ११ रन खर्चेर ४ विकेट लिएका थिए । उक्त खेल एपीएफले ६ विकेटले जितेको थियो ।

टेक्निकल कमिटि संयोजक रहेका झा प्रतियोगिताको उत्कृष्ट खेलाडी चयनको मापदण्ड त्रुटीपूर्ण रहेको स्वीकार्छन् ।

‘यो अर्को वर्षदेखि परिमार्जन गर्नुपर्छ । हामीलाई पनि खल्लो लाग्यो । अघिल्ला वर्षहरुमा अंक बढी ल्याउने खेलाडीको प्रदर्शन उत्तिकै राम्रो हुन्थ्यो,’ उनले भने, ‘आगामि दिनमा हामी यसलाई परिमार्जन गछौं ।’

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ९ : ५६ बजे

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को