साविक विजेता रियल पराजित « Khabarhub

साविक विजेता रियल पराजित


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ ।

शनिबार राति भएको खेलमा रियल लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले हार टार्न सकेन ।

खेलको नवौं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको रियल दबाबमा परेको थियो ।

खेलको १३औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १-० को अग्रता दिलाए ।

३२औँ मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ७८औँ मिनेटमा रोजर्सले गोल गर्दै लेभान्टेलाई २-१ को जित दिलाए ।

त्यसअघि खेलको ६४औँ मिनेटमा रोजर्सले पेनाल्टीमा गोल गर्न सकेनन् ।

हारसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडविरुद्ध अंक दूरी कम गर्ने मौका गुमाएको छ । दोस्रो स्थानको रियलले २० खेलमा ४० अंक जोडेको छ ।

पछिल्लो जितपछि लेभान्टे २६ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ६ : १० बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट