एसी मिलान शीर्ष स्थानमा यथावत | Khabarhub Khabarhub

एसी मिलान शीर्ष स्थानमा यथावत


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा बोलोग्नालाई पराजित गर्दै एसी मिलान शीर्ष स्थानमा यथावत रहेको छ ।

शनिबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २-१ गोलले पराजित गरेको हो ।

बोलोग्नाको मैदानमा २६औँ मिनेटमा एन्टी रेबिकले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

ज्लाटन इब्राहिमोविचको पेनाल्टी बोलोग्नाका गोलकिपरले रोकेपछिको रिबाउन्ड बलमा उनले गोल गरेका थिए ।

खेलको ५५औँ मिनेटमा फ्रान्क केस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८१औँ मिनेटमा बोलोग्नाका आन्द्रे पोलीले एक गोल फर्काएपनि मिलान २-१ ले विजयी भयो । जितसंगै मिलानले २० खेलमा ४६ अंक जोडेको छ ।  बोलोग्ना २० अंक जोडेर १३औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ८ : १० बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न