बेलायतद्वारा हङकङका बेलायती नागरिकलाई भिसा दिने घोषणा « Khabarhub

बेलायतद्वारा हङकङका बेलायती नागरिकलाई भिसा दिने घोषणा


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिक (विदेश)लाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ ।

हङकङ छाड्न चाहने व्यक्तिका लागि बेलायतले पछिल्लो अवसर दिएसँगै बेलायती उपनिवेशमा रहँदा बेलायती नागरिक (विदेश) को मान्यता पाएका हङकङका ठूलो संख्याका नागरिकले आवेदन दिन थालेका छन् ।

आइतबार अपराह्नदेखि बेलायती नागरिक (विदेश) पासपोर्ट भएका व्यक्ति र उनीहरुका आश्रित व्यक्तिले भिसाका लागि अनलाइन आवेदन गर्न सक्ने छन् । यस्ता व्यक्तिले पाँच वर्षपछि बेलायतको स्थायी नागरिकताका लागि आवेदन गर्न सक्ने बेलायत सरकारले घोषणा गरेको छ ।

चीन सरकारले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि धेरै व्यक्तिले हङकङ छाड्न चाहेपछि बेलायतले पूर्व बेलायती नागरिकलाई यस्तो अवसर दिएको हो । बेलायतको पछिल्लो कदमपछि चीन अझ आक्रोशित भएको छ ।

बेलायतले सन् १९९७ मा चीनलाई हङकङ हस्तान्तरण गर्दा अरु ५० वर्ष हङकङको स्वायत्तता कायम राख्ने चीनले प्रतिबद्धता जनाएको थियो । तर बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले हङकङमा सन् १९९७ अघि रहेका नागरिकप्रति बेलायतको विशेष जिम्मेवारी र दायित्व रहने बताउँदै उनीहरुको स्वतन्त्रता र स्वायत्तताका पक्षमा बेलायत सदैव उभिइरहने प्रबितद्धता व्यक्त गरेका छन् ।

चीनले भने बेलायतले हङकङका नागरिकलाई भिसा प्रदान गर्ने घोषणा गरेकाप्रति आपत्ति जनाएको छ । बेलायती नागरिक (विदेश) वर्गीकरणमा रहेर पासपोर्ट बाहक हङकङका नागरिकले यसका आधारमा यात्रा अनुमति नदिने चीनले जनाएको छ ।

चीनले बेलायतको पछिल्लो घोषणा औपनिवेशिक मानसिकताबाट ग्रस्त रहेको स्पष्ट गरेको छ । रासस/एएफपी

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १ : २६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा