साताको पहिलो दिन नेप्से ५४.७५ अंकले घट्यो « Khabarhub

साताको पहिलो दिन नेप्से ५४.७५ अंकले घट्यो


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.७५ अंकले घटेको छ।

आइतबार शेयर बजार २.२६ प्रतिशतले घटेर २ हजार ३७०.५४ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि ९.७३ अंक घटेर ४३२.३३ विन्दुमा झरेको छ ।

आज सर्वाधिक रकमको शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सकै भएको छ । यसदिन उक्त कम्पनीको रू. ३९ करोड ८९ लाख ५९ हजार बराबरको शेयर कारोबार भएको छ । गत सातादेखि उक्त कम्पनीले लगातार सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको छ । उक्त कम्पनीको शेयरमूल्य ३.२४ प्रतिशत अर्थात् प्रतिकित्ता रू.७६ ले घटेर अन्तिम मूल्य रू. २ हजार २७३ कायम भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू.६९ ले बढेर उक्त कम्पनीको अन्तिम मूल्य रू. ७६४ कायम भएको हो । यो दिन सर्वाधिक शेयरमूल्य रिलायन्स फाइनान्सको ८.३० प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले घटेर अन्तिम मूल्य रू. २३२ कायम भएको हो ।

यस दिन उच्च अंकले घटेको बजारमा रू.८ अर्ब ९७ करोड ३२ लाख ६ हजार बराबरको १ करोड ६२ लाख ७७ हजार २४५ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकमले भने बजारमा उत्साह कायमै रहेको देखाउँछ । साथै कारोबारमा आएका सबै परिसूचक घटेको छ । यी मध्ये पनि वित्त समूहको परिसूचक सर्वाधिक ४.४ प्रतिशतले घटेको हो ।

त्यस्तै बैंकिङको २.४५ प्रतिशत, व्यापारिक ०.६८ प्रतिशत, होटल १.१४ प्रतिशत, विकास बैंक २.०८ प्रतिशत, जलविद्युत १.९८ प्रीतशत, निर्जीवन बीमा २.१ प्रतिशत, उत्पादन तथा प्रशोधन २.१८ प्रतिशत, अन्य १.३२ प्रतिशत, लघुवित्त २.९२ प्रतिशत, जीवन बीमा २.५८ प्रतिशत र म्युचुअल फण्डको परिसूचक ०.४७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ४ : ५९ बजे

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया

सनी देओल अभिनीत ‘बोर्डर २’ को टिजर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन

जुम्ला– जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ

म्यान्मा : चुनाव ‘अवरोध’ आरोपमा सयौँमाथि मुद्दा चलाउने तयारी

एजेन्सी– म्यान्माको सैन्य जुन्ताले बुधबार सेनाद्वारा सञ्चालित आगामी चुनावलाई ‘अवरोध’