भक्तपुरमा १९ वर्षीया युवती बलात्कृत, युवक पक्राउ « Khabarhub

भक्तपुरमा १९ वर्षीया युवती बलात्कृत, युवक पक्राउ


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा बस्दै आएकी एक युवती आफ्नै कोठमा बलात्कृत भएकी छिन् ।

भक्तपुर नगरपालिका वडा नम्बर– १०, कमलविनायकमा कोठा लिई अध्ययनरत युवतीलाई सोही स्थानका एक युवकले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही जिल्ला स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३१ वर्षका विकास तजलेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी एक्कासी कोठाभित्र प्रवेश गरी चुकुल लगाई डर धाकधम्की दिई बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको युवतीले उजुरीमा उल्लेख गरेकी छिन् ।

सामान्य चिनजान भएका तजलेले युवती कोठामा एक्लै भएको मौका पारी बलात्कार गरेको महानगरीय प्रहरी भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको किटानी जाहेरी दरखास्तको आधारमा तजलेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

तजलेलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा पेश गरी यसबारेमा थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ५ : ४२ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि