भक्तपुरमा १९ वर्षीया युवती बलात्कृत, युवक पक्राउ « Khabarhub

भक्तपुरमा १९ वर्षीया युवती बलात्कृत, युवक पक्राउ


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा बस्दै आएकी एक युवती आफ्नै कोठमा बलात्कृत भएकी छिन् ।

भक्तपुर नगरपालिका वडा नम्बर– १०, कमलविनायकमा कोठा लिई अध्ययनरत युवतीलाई सोही स्थानका एक युवकले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही जिल्ला स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३१ वर्षका विकास तजलेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी एक्कासी कोठाभित्र प्रवेश गरी चुकुल लगाई डर धाकधम्की दिई बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको युवतीले उजुरीमा उल्लेख गरेकी छिन् ।

सामान्य चिनजान भएका तजलेले युवती कोठामा एक्लै भएको मौका पारी बलात्कार गरेको महानगरीय प्रहरी भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको किटानी जाहेरी दरखास्तको आधारमा तजलेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

तजलेलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा पेश गरी यसबारेमा थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ५ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै