३१ जिल्लामा निःशुल्क इन्टरनेट : नेपाल टेलिकम | Khabarhub Khabarhub

३१ जिल्लामा निःशुल्क इन्टरनेट : नेपाल टेलिकम


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पुर्‍याएको जनाएको छ ।

प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो ।

३१ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था/केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पुर्‍याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताए ।

उनका अनुसार उक्त परियोजनाअन्तर्गत ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु, अछाम, बझाङ र बाजुरा गरी ६ जिल्लामा मर्कन्टाइल कम्युनिकेशन प्रालिले इन्टरनेट जडान सम्पन्न गरेको हो ।

बैतडी, डडेलधुरा, दार्चुला र डोटी गरी चार जिल्लामा भायानेट कम्युनिकेशनले जडान सम्पन्न गरेको छ । जाजरकोट, कालीकोट, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिम, डोल्पा, रुकुम, हुम्ला र मुगु गरी नौ जिल्लामा वल्र्डलिङ्क कम्युनिकेशनले ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न गरेको हो ।

त्यस्तै दैलेख, सुर्खेत, सल्यान, मनाङ, मुस्ताङ, बाग्लुङ र म्याग्दी, पाँचथर, भोजपुर, धनकुटा, तेह्रथुम र खोटाङ गरी १२ जिल्लामा टेकमाइन्डस् नेटवर्कले इन्टरनेट विस्तारको काम सम्पन्न गरेको हो । प्राधिकरणले उक्त जिल्लामा दुई वर्षका लागि निःशुल्करुपमा इन्टरनेट उपलब्ध गराउनेछ ।

यसअघि प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा (नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गा र सिन्धुली) दुई वर्षका लागि निःशुल्करुपमा इन्टरनेट सेवा प्रदान गरेको थियो ।

निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भए तापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवा प्रवाहलाई निरन्तरता दिएर २०७७ असोज महिनाबाट शुल्क लिने व्यवस्था गरिएको थियो ।

निःशुल्क अवधि सकिएपछि ब्रोडब्यान्ड इन्टरनेटको सेवाका लागि सम्बन्धित निकायले प्राधिकरणबाट स्वीकृत गरेको महसुल दरमा मात्र सेवा प्रदायकहरुसँग सम्झौता गरी इन्टरनेट सेवाको उपभोग गर्न सक्ने जनाएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ६ : ०८ बजे

देउवाको स्वास्थ्यमा अझै समस्या, नेताहरू भन्छन् : धेरै कमजोर देखिनु भयो

काठमाडौं- गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास

सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्छ, कांग्रेस भाग लिन्छ : कृष्ण सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकारले निर्वाचनको वातावरण तयार

गृहमन्त्री अर्याल र चिनियाँ राजदूत साँगबीच भेटवार्ता, एक चीन नीतिप्रति जनाए प्रतिबद्धता

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्याल र नेपालका लागि चिनियाँ राजदूत

गृहमन्त्री अर्यालले बुढाको अनशन तोडाए

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग

जेन-जीका नाममा भएको हिंसा योजनाबद्ध, संसद् विघटनले संविधन संकटमा (सम्बोधनका मुख्य १५ बुँदा)

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४