टाइफाइड भएमा के गर्ने ? यस्ता छन् ५ घरेलु उपचार « Khabarhub

टाइफाइड भएमा के गर्ने ? यस्ता छन् ५ घरेलु उपचार


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यादी ज्वरो अर्थात टाइफाइड एक प्रकारको ज्वरो हो । प्राय : गर्मीमा हुने भनिए पनि चिसो मौसममा टाइफाइड हुँदै नहुने हैन । दुसित पानी र प्रदुषित खाद्य पदार्थको सेवनबाट यो रोग लाग्छ ।

टाइफाइड हुँदा शरीर शिथिल हुनगइ एक्कासी ज्वरो बढ्छ । बाहिरको खाना बढी रुचाउने भएकाले यो रोगबाट केटाकेटीहरु बढी प्रभावित हुने गर्दछन् ।

घरेलु उपचार
१. तुलसी र मरिच
टाइफाइडका रोगीलाई तुलसी एकदमै फाइदाजनक हुन्छ । मरिचको पाँच दाना र चार पत्ता तुलसीलाई पिसेर पेस्ट तयार गर्ने । यस पेस्टलाई पानीसँग मिलाएर नियमित पिउने ।

२. गाजर
टाइफाइडको रोगमा गाजरको रसको सेवन पनि लाभदायक हुन्छ । साथै काचो गाजर सेवन गर्दा पनि टाइफाइडमा फाइदा पुग्छ ।

३. लसुन
टाइफाइडले कलेजोमा नराम्ररी संक्रमण गर्छ । यस्तो अवस्थामा लसुनको २/४ पोटी भुटेर खाली पेटमा खाएमा यसले लाभ दिन्छ ।

४. मह
टाइफाइटबाट बच्ने अर्को घरेलु सामाग्रीमा मह पनि एक हो । एक कप तातो पानीमा दुई चम्चा मह मिसाएर पिएमा टाइफाइडमा लाभ पुग्दछ ।

५. पुदिना
पुदिनाको सेवनले ज्वरो ठिक हुन्छ । टाइफाइडको कारण कसैलाई उच्च ज्वरो आयो भने एक कप पानीमा पुदिना र अदुवाको रस मिसाएर पिउन दिएमा चाँडै लाभ पुग्दछ ।

टाइफाइड लागेर उपचार गर्नुभन्दा सकेसम्म रोग लाग्न नदिन सतर्कता अपनाउनु पर्छ । साथै फोहोर एवम् दुषित पानीको सेवनबाट बच्नु पर्दछ । त्यस्तो पानीको प्रयोग गरेका फलफूल, सब्जी पनि सेवन गर्नु हुँदैन । साथै बाहिर पाइने खानेकुरा खानबाट बच्नु पर्दछ । – एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ५ : ४५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ