माघ १९, राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रमाथि ‘कु’ गरेको दिन « Khabarhub

माघ १९, राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रमाथि ‘कु’ गरेको दिन


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आज माघ १९, प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिन । यस दिनलाई कालोदिनका रुपमा सम्झने गरिन्छ ।

संसदीय व्यवस्थाबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हटाई प्रत्यक्ष निरंकुश शासन व्यवस्था लादेको भन्दै आजको दिनलाई कालोदिनका रुपमा सम्झिने गरिन्छ ।

२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए ।

दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार रोक लगाइएको थियो । राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो । तर यो अवस्था धेरै दिन रहन सकेन ।

ज्ञानेन्द्रको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरुलाई एकजुट बनायो । दलहरु राजाको उक्त प्रत्यक्ष शासनको विरुद्ध एकजुट भए र आन्दोलन चर्किदै गयो । २०६२/०६३ को जनआन्दोलनको सुत्रपात पनि यहि दिनको कदम मानिन्छ ।

२०६२ मंसिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सातदलबीच १२ बुदे समझदारी भएपछि माओवादीसहित ८ राजनीतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए । त्यहि आन्दोलनको सफलतापछि २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भएको थियो ।

तर निरंकुश राजसंस्था अन्त्य भएको लामो समय भइसक्दा समेत मुलुक संक्रमणकालबाट अगाडि बढ्न सकेको छैन। विकास निमार्णका कार्यले गति लिन सकेका छैनन्। भ्रष्टाचार रोकिएको छैन भने जनताको जीवनस्तर माथि उठ्न सकेको छैन।

तत्कालीन राजा ज्ञानेन्द्र अहिले आम नागरिकका रुपमा रहे पनि उनी विभिन्न ठाउँमा जाँदा ‘राजा आउ देश बचाउ’ नारा लागिरहन्छ। अहिले देशमा फेरि आन्दोलन सुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशलाई स्थिरता दिने भनेर स्थापना भएको नेकपाको सरकार आफ्नै पार्टीका कारण दुई टुक्रा भएको छ।

नेकपाको प्रचण्ड नेपाल समूह सडकमा छ भने ओली समूह भने वैशाख १७ र २७ गते चुनाव गराउने भनेर लागि परेको छ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ६ : ५३ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल