कचनकवलमा आगलागी हुँदा एक वृद्धको मृत्यु « Khabarhub

कचनकवलमा आगलागी हुँदा एक वृद्धको मृत्यु


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको कचनकवल १ मा सोमबार बिहान भएको आगलागीबाट एक वृद्धको मृत्यु भएको छ ।

बिहानको करिव १ बजे तिर कचनकबल गाउँपालिका वडा नं. १ घेराबारीका गोबर्धन राजबंशीको घरमा अचानक आगलागी भएको हो ।

आगलागीमा परी घर धनी करिव ६० वर्षीय गोबर्धन राजबंशीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगोलागीबाट काठको खम्बा टिनको बेरा र टिनको छानो भएको १ तले घरसहित भान्सा घर र अर्को कच्ची घरसमेत जलेर नष्ट भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

आगोलागीमा परी १ माउ गाई, २ वटा बाछा र ३ वटा बाख्रासमेत मरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ११ : ०६ बजे

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान