प्रचण्ड–नेपाल समूहको नेकपाले केपी ओलीलाई पार्टीबाट हटायाे « Khabarhub

प्रचण्ड–नेपाल समूहको नेकपाले केपी ओलीलाई पार्टीबाट हटायाे


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रचण्ड–नेपाल समूहको नेकपाले प्रधानमन्त्री समेत रहेका नेकपाका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको प्रचण्ड–नेपालको चौथो केन्द्रीय समितिको बैठकले महासचिव विष्णु पौडेललाई समेत पदबाट हटाएको छ ।

बैठकमा प्रचण्ड–नेपाल पक्षका नेकपाका अध्यक्ष प्रचण्डले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी हटाउने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव केन्द्रीय समितिको बैठकले पारित गरेको हो ।

यसअघि प्रचण्ड–नेपाल पक्षको माघ ११ गते बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो । सोही निर्णयलाई केन्द्रीय समितिबाट अनुमोदन गराइएको हो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : ५४ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको