प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने (भिडियोसहित) | Khabarhub Khabarhub

प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने (भिडियोसहित)

ओलीलाई साधारण सदस्यबाटै हटाइयो


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफूहरुको पार्टीलाई आधिकारिक पार्टी दाबी गर्दै निर्वाचन आयोगमा लैजाने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको चौथो केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले ओली समूहका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशन गर्ने र महासचिव विष्णु पौडेललाई सो पदबाट हटाउने निर्णय पनि गरेको छ ।

हेरौँ भिडियो

ओली समूह र प्रचण्ड–नेपाल समूहले आफ्नो पार्टीलाई आधिकारिक मान्दै आएका छन् । दुवै समूहले निर्वाचन आयोगलाई पत्र लेखेर आफ्नो पार्टी आधिकारिक भएको दाबी गरेका थिए ।

निर्वाचन आयोगको गत माघ ११ मा बसेको बैठकले भने दुवै पक्षका दाबीलाई अस्वीकार गरेको थियो । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ केन्द्रीय सदस्य रहेको केपी ओली र प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई मान्यता दिएको थियो ।

निर्वाचन आयोगमा कहिले जाने भन्नेबारे अझै निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : २९ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते