तराईमा आज पनि बाक्लो हुस्सु, उच्च पहाडी भेगमा हिमपातको पूर्वानुमान « Khabarhub

तराईमा आज पनि बाक्लो हुस्सु, उच्च पहाडी भेगमा हिमपातको पूर्वानुमान


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि तराई भूभागमा बाक्लो हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश- १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक दुई स्थानमा हिमपातको सम्भावना छ ।

आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.७ डिग्री मापन गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ २० गते (मंगलबार)

दिउसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपाको सम्भावना रहेको छ।

राति : प्रदेश नं ७ र अन्य देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ २१ गते (बुधबार)

दिउसो : देशको सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्चपहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।

माघ २२ गते (बिहीबार)

दिउसो : देशको सुदुर पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली  साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ७ : ५१ बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी