भादगाउले टोपीमा जेकी श्राफ « Khabarhub

भादगाउले टोपीमा जेकी श्राफ


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडका सुपरस्टार जेकी श्राफले सोमबार आफ्नो ६४ औं जन्मदिन मनाए । बलिउडका कैयौं कलाकार तथा स्टारले अझै पनि उनलाई सामाजिक सन्जालमा शुभकामना दिइरहेका छन् । उनकी श्रीमति आयशा श्राफले आफ्नो अफिसियल इन्स्टाग्राममा एक तस्बिर शेयर गर्दै शुभकामना दिएकी छन् ।

आयशाले राखेको जेकीको तस्बिरमा जेकी नेपालको झन्डा र खुकुरी अंकित भादगाउले टोपी लगाएर हाँसिरहेका छन् । उनले यो तस्बिर कहाँ खिचेका हुन् भन्ने केही खुलाइएको छैन । आयशाले क्याप्सनमा ‘विश्वकै सर्वश्रेष्ठ पिता र विश्वकै सबैभन्दा दिलदार व्यक्तिलाई जन्मदिनको शुभकामना’ लेखेकी छन् । आयशाको यो पोस्टमा उनलाई बलिउडका कलाकार तथा स्टारले शुभकामना दिइरहेका छन् ।

जेकीलाई बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले ‘दादा’ भनेर सम्बोधन गर्छिन् । जेकी मनिषाको विवाहताका नेपाल पनि आएका थिए । मनिषाले गत वर्षको जनवरी ७ मा जेकीसँगको तस्बिर ट्वीटरमा राखेकी थिइन् । जहाँ जेकी ढाका टोपीमा सजिएका थिए ।

जेकीले बलिउडमा निकै लामो यात्रा तय गरेका छन् । उनले आफ्नो करियर मोडलिङबाट शुरु गरेका थिए । त्यसपछि उनले कैयौं फिल्ममा सानो सानो भूमिका निभाए । तर निर्देशक सुभाष घईको फिल्म ‘हीरो’ले उनलाई पहिचान दिलायो । त्यसपछि उनले ‘कर्मा’, ‘राम लखन’, ‘त्रिदेव’, ‘सौदागर’, ‘त्रिमूर्ति’ जस्ता हिट फिल्ममा प्रमुख भूमिकामा अभिनय गरे ।

उनी चाँडै नै सलमान खानको फिल्म ‘राधे योर मस्ट वान्टेड भाई’मा एक प्रहरी अधिकृतको भूमिकामा देखिदैछन् । यसबाहेक उनी हाल फिल्म ‘अतिथि भूतो भव’को सुटिङमा व्यस्त छन् ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : ४० बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’