दाहाल-नेपालसहितका नेताहरू निर्वाचन आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी (भिडियोसहित) | Khabarhub Khabarhub

दाहाल-नेपालसहितका नेताहरू निर्वाचन आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी (भिडियोसहित)


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालसहितका शीर्ष नेताहरूले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गरेका छन् ।

कार्यालय खुलेलगत्तै १० आयोगमा पुगेका दाहाल- नेपालसहितका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायतका नेताहरूले पार्टीको चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गरेका हुन् ।

हेरौँ भिडियो

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आयोगमा वैधानिकताको दाबी पेस गरेको नेता लीलामणि पोखरेलले जानकारी दिए।

साविकको ४४१ केन्द्रीय सदस्यमा बहुमत २७५ सदस्य आफ्नो पक्षमा रहेको हस्ताक्षरसहित आधिकारिकता पेस गरिएको उनले बताए ।

समूहको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कार्बाही गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्दै पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भए पनि त्यसले अहिलेसम्म बैधता पाउन सकेको छैन ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १२ : ०० बजे

सरकारी अस्पताल चलाउने कर्मचारीकै सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौं – वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर, चितवन)मा प्रशासनतर्फ

यु-१९ महिला विश्वकप क्रिकेट : नेपालसँग मलेसिया पराजित

काठमाडौं– आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ

प्रचण्डको दाबी- राष्ट्रपतिलाई महाभियोगको डर देखाएर कांग्रेस-एमालेले सरकार बनाए

दाङ- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

भारतको रेल दुर्घटनामा ज्यान गुमाएका सात नेपालीको सनाखत

काठमाडौं – भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ज्यान गुमाएका नेपाली

जीवन बीमा खुम्चँदै, लघु बीमा विस्तार तीव्र

काठमाडौं – नेपालमा अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा जीवन