मुलपानी मैदानबारे प्रधानमन्त्रीको प्रश्न : अझै बनेको छैन ? « Khabarhub

मुलपानी मैदानबारे प्रधानमन्त्रीको प्रश्न : अझै बनेको छैन ?


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘धेरै वर्ष भयो अझै त्यो बनिसकेको छैन ?’, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित अन्तर्राष्ट्रिय स्तरको मुलपानी मैदानबारे प्रश्न गरेका छन् ।

मंगलबार खेलकुदसँग प्रधानमन्त्री कार्यक्रम सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संरचना निर्माणका विषयहरुमा चासो राखेका हुन ।

प्रधानमन्त्री ओली अन्तरक्रियामार्फत आएका प्रश्नको जवाफ दिने क्रममा मुलपानी बारे आएको जवाफ दिएका हुन्। उनले मुलपानी मैदान छिट्टै बन्ने पनि बताए ।

सम्बोधनकै क्रममा ओलीले खेलकुद क्षेत्रका लागि बजेट बढ्ने आश्वासन पनि दिए ।

कोरोनाका कारणले यस आर्थिक वर्षमा बजेट घटेको उनले बताए । उनले भने, ‘सन् २०२१ भित्रै कोरोना लेखेट्छौं। पहिलेको भन्दा बजेट बढेर आउँछ।’

प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रलाई अनुत्पादक भन्न नमिल्ने बताए ।

‘खेलकुदले धान फलाउँदैन। आलु पनि फलाउँदैन। ज्याकेट नि सिलाउँदैन भनेर अनुत्पादक भन्नुहुन्न,’ उनले भने,’ स्वर्ण पदकले पर क्यापिटा इनकम, जीडीपी बढाउँदैन तर आफ्नो हिसाबको उपलब्धि दिन्छ। अनुत्पादक होइन ।’

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ६ : ४५ बजे

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

धरान-धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा

इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा इस्माइल एलफाथ रेफ्री, डेली मेल भन्छ : मेस्सीलाई सजिलो हुने भयो

एटलान्टा- फिफाले २०२६ विश्वकप फुटबलअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल

र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर

ओस्लो- विश्वकप फुटबलमा ऐतिहासिक प्रदर्शन गरेको नर्वेली टोलीका स्टार फरवार्ड

संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद्

हर्मुज जलघाँटीसम्बन्धी विधेयक इरानी संसद्‌मा दर्ता

एजेन्सी– हर्मुज जलघाँटीको नियन्त्रण र व्यवस्थापनलाई लिएर अमेरिका र इरानबीच तनाव