आँखा कमजोर छ ? यसरी जाच्नुहोस् दृष्टि « Khabarhub

आँखा कमजोर छ ? यसरी जाच्नुहोस् दृष्टि


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकाशं मानिस आखाँको समस्याका कारण चस्मा लगाउन बाध्य छन् । यो समस्या कतिपयमा जन्मजात हून्छ भने कसैलाई परिस्थितीबस हुने गर्दछ ।

आँखामा समस्या भएपछि सामान्य दिनचर्या पनि कठिन बन्दछ । तसर्थ आँखाप्रति सर्तक र संवेदनशिल हुन आवश्यक छ । सबै मानिसमा आँखाको दृष्टि एकसमान हुँदैन । कसैको दृष्टि राम्रो हुन्छ, कसैले धमिलो देख्छन् । यस्तोमा कसरी आँखाको दृष्टि जाच्ने त ?

दृष्टि जाच्ने विधि
आँखाको दृष्टि कस्तो छ भनेर जाच्ने सरल विधि भनेको एउटा निश्चित दुरीमा, निश्चित आकारको अक्षरहरु राखेर त्यसलाई देख्न सक्ने क्षमताको आधारमा आँखाको दृष्टिको स्तर जाँच्न सकिन्छ ।

सामन्यतया दृश्यको तीक्ष्णता तीन मिटर वा ६ मिटर वा ४० सेन्टिमिटर दुरीमा राखेर नाप्ने गरिन्छ । यसैको आधारमा कसको दृष्टि सामान्य छ, कसको दृष्टिमा समस्या छ ? भनेर थाहा पाउन सकिन्छ ।

किन हुन्छ दृष्टिमा समस्या हुन्छ ?
आँखामा धेरै प्रकारको समस्या हुनसक्छ । कसैमा जन्मजात दृष्टिमा समस्या हुन्छ भने कसैमा विभिन्न संक्रमणलगायतको कारणले आँखाको ज्योति हराउन सक्छ । अझ आँखा सम्बन्धीका समस्याको सहि उपचारको अभावमा दृष्टि गुमाउनु पर्ने हुनसक्छ ।

यस अलावा अत्यधिक उज्यालो वा मधुरो प्रकाशमा पढ्ने लेख्ने, लामो समयसम्म कम्प्युटर वा मोवाइलको स्क्रिनमा हेर्ने, प्रदूषणको सम्पर्कमा आउने, पाचनसम्बन्धी विकार, अन्तुलित खानपान, भिटामिन ए को कमी लगायतका कारणले दृष्टि कमजोर हुन्छ । साथै मदिराको सेवनले पनि आँखामा समस्या निम्त्याउँछ ।

सावधानी
आँखाको दृष्टको समस्या कम गर्न समयमा यसको उपचार गर्नु पर्दछ । यसकालागी चिकित्सकको परामर्श आवश्यक हुन्छ । समस्या बढ्दै गएमा शल्याक्रिया वा विशेष उपचार गर्नुपर्ने हुनसक्छ । यसका साथै खानपान र जीवनशैलीमा पनि सुधार गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ६ : २० बजे

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक