ब्राउनसुगरसहित चार जना पक्राउ « Khabarhub

ब्राउनसुगरसहित चार जना पक्राउ


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

झापाको दक्षिणी सिमावर्ती क्षेत्र झापा गाउँपालिका र दमक नगरपालिकाबाट दुईदुई जना पक्राउ परेका हुन् ।

झापा गाउँपालिका वडा- ४ मसानघाटबाट पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो ठाउँबाट भारतको किसनगञ्ज सत्कैवा ग्रामपञ्चायत, हल्दावना वडा नं. ८ का ३० वर्षीय मोहम्मद आलम र सोही ठाउँका २८ वर्षीय मदिउर रहमान पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट लिसाईलो बनाईएको ८ ग्राम ३० मिलिग्राम ब्राउन सुगर र ९ हजार १ सय ७० भारतीय रुपैयाँसहित मोवाईलसमेत बरामद भएको छ ।

यस्तै दमक नगरपालिका वडा नं. ९ बुद्धटोल का २० वर्षीय अजय राईको कोठामा खनतलासी गर्दा ब्राउन सुगर २ ग्राम, डिजिटल तराजु, नगद  ७ हजार रुपैयाँ तथा मोबाईल २ थान २ बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

प्रहरीले राई र उनीसँगै वस्ने २५ वर्षीय बिकल बिशुङखेलाई समेत पक्राउ गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  २ : ०५ बजे

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को