ट्राफिक नियम उल्लंघनको जरिवाना अब अनलाइनबाटै तिर्न सकिने « Khabarhub

ट्राफिक नियम उल्लंघनको जरिवाना अब अनलाइनबाटै तिर्न सकिने


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक नियम उल्लंघनको जरिवाना अबदेखि अनलाइनबाटै तिर्न मिल्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जरिवाना तिर्न मिल्ने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याएको जनाएको हो । बुधबार ट्राफिक प्रहरी महाशाखा र इसेवाबीच अनलाईन इसेवा एपवाटै शुल्क तिर्नसकिने सम्झौतामा हस्ताक्षर भएको गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भटराईले टीभीआरएस ट्राफिक भायोलेन्स रेकर्ड सिस्टममार्फत जरिवान तिर्न सकिने जानकारी दिए ।

अब ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यता हटेको उनले बताए । ट्राफिक व्यवस्थाहरुलाई क्रमश प्रविधी मैत्री बनाउँदै लगिने समेत उनले जानकारी दिए ।

यसअघि, सवारीचालकले ट्राफिक नियम उल्लंघन गरेको जरिवाना तिर्न बैंकमै धाउनुपर्ने अवस्था थियो । अव कारबाहीमा परेका सवारी चालकले इसेवाको एपवाट तोकिएको जरिवाना तिर्न सक्ने छन् ।

 

 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ४ : ०१ बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन