ट्राफिक नियम उल्लंघनको जरिवाना अब अनलाइनबाटै तिर्न सकिने « Khabarhub

ट्राफिक नियम उल्लंघनको जरिवाना अब अनलाइनबाटै तिर्न सकिने


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक नियम उल्लंघनको जरिवाना अबदेखि अनलाइनबाटै तिर्न मिल्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जरिवाना तिर्न मिल्ने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याएको जनाएको हो । बुधबार ट्राफिक प्रहरी महाशाखा र इसेवाबीच अनलाईन इसेवा एपवाटै शुल्क तिर्नसकिने सम्झौतामा हस्ताक्षर भएको गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भटराईले टीभीआरएस ट्राफिक भायोलेन्स रेकर्ड सिस्टममार्फत जरिवान तिर्न सकिने जानकारी दिए ।

अब ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यता हटेको उनले बताए । ट्राफिक व्यवस्थाहरुलाई क्रमश प्रविधी मैत्री बनाउँदै लगिने समेत उनले जानकारी दिए ।

यसअघि, सवारीचालकले ट्राफिक नियम उल्लंघन गरेको जरिवाना तिर्न बैंकमै धाउनुपर्ने अवस्था थियो । अव कारबाहीमा परेका सवारी चालकले इसेवाको एपवाट तोकिएको जरिवाना तिर्न सक्ने छन् ।

 

 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ४ : ०१ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा